ईटहरी प्रहरीद्धारा फेला पारेका ५२ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

Technology Khabar ८ पुष २०७६, मंगलवार

ईटहरी प्रहरीद्धारा फेला पारेका ५२ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं ।

सुनसरी। ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्रान्डका ५२ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको छ ।

ईटहरी लगायत आसपासका सर्वसाधरणहरुले आफ्ना मोबाइल हराएको भनी निवेदन दिएसंगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ थान मोबाइल फेला पारी आईतवार सम्बन्धित धनीहरुलाई बुझाएको हो ।

हराएका तथा चोरी भएका मोबाइलहरुको सम्बन्धमा प्राप्त निवेदनको आधारमा खोजतलास गरी फेला परेका मोबाइल फोनहरु सम्बन्धित धनीलाई बुझाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

२०७६ साल बैसाख महिना देखि ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडिआर(CDR) शाखा स्थापना भएपछी हराएका तथा चोरी भएका बिभिन्न ब्राण्डका करिव ४७ लाख ५२ हजार ८९० रुपैयाँ बराबरको १९५ थान मोबाइल फेला पारी बुझाई सकिएको र अनुसन्धानपश्चात मोबाईल चोरीमा संलग्न ८ जना व्यक्तिहरूलाई पक्राउ गरी चोरी मुद्दा अन्तरगत कारवाही गरिएको उक्त कार्यालयले जनाएको छ ।

easy care

प्रकाशित: ८ पुष २०७६, मंगलवार