मोबाइल फोन उद्योगको दुई तिहाई नाफा रकम एप्पल एक्लैले लैजान्छ, सामसंग दोस्रो स्थानमा

Technology Khabar ८ पुष २०७६, मंगलवार

मोबाइल फोन उद्योगको दुई तिहाई नाफा रकम एप्पल एक्लैले लैजान्छ, सामसंग दोस्रो स्थानमा

काठमाडौं ।

काठमाडौं । मोबाइल फोन बजारको विश्वभरको हुने नाफामध्ये एप्पल एक्लैले दुई तिहाई रकम लैजाने देखिएको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार एप्पलले यो वर्षको तेस्रो चौमासिकमा स्मार्टफोन उद्योगको कुल नाफामध्ये ६६ प्रतिशत हासिल गर्ने गरेको छ ।

हालै काउन्टरप्वाइन्टले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको तेस्रो चौमासिकमा कुल १२ अर्ब डलर नाफा रहेको थियो जुन अघिल्लो वर्षको तुलनामा यो ११ प्रतिशतले कम हो ।

हाई एण्ड स्मार्टफोनको बिक्रीमा आएको कमी र ५जी स्मार्टफोनको शुरुवातको कारणले फोन बिक्रीबाट हुने नाफामा कमी आएको बताईएको छ ।

तर नाफा घटेपनि एप्पलले बजारको ६६ प्रतिशत नाफा लगेको हो । जबकी अन्य कम्पनीहरुले भने बाँकी एक तिहाई रकम नाफा आर्जन गरेका थिए ।

नाफा आर्जनको आधारमा दोस्रो स्थानमा सामसंग रहेको छ जसले यो उद्योगको नाफाको १७ प्रतिशत नाफा लगेको छ । जसमा ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी नोट १० सिरिजको बिक्रीले नाफा वृद्धि गर्न सहज भएको हो ।

रिपोर्टअनुसार लामो अवधिको फोन परिवर्तन गर्ने क्रम र एप्पलको महत्वपूर्ण उत्पादनको बिक्री रकममा घटाउँदा चिनियाँ स्मार्टफोन ब्राण्डहरुलाई नाफाको मार्जिन बढाउन कठिन भएको छ । चिनियाँ फोन निर्माताहरुले सँधै न्यून नाफा मार्जिनमा व्यवसाय संचालन गरिरहेका छन तर यो मार्जिन यसअघिका वर्षहरुको तुलनामा भने बढिरहेको छ ।

जे भएपनि ससक्त सेवा रणनीति, एप्पलको समग्र ईकोसिस्टमले गर्दा आगामी वर्षहरुमा अझ स्थिररुपमा आम्दानी वृद्धि हुने विश्लेषकहरुको अनुमान छ ।

easy care

प्रकाशित: ८ पुष २०७६, मंगलवार

ताजा समाचार