अल्फाबेटका सिईओले २४ करोड डलर मूल्यको स्टक उपहार पाउने, वार्षिक तलब २० लाख डलर

Technology Khabar ७ पुष २०७६, सोमबार

अल्फाबेटका सिईओले २४ करोड डलर मूल्यको स्टक उपहार पाउने, वार्षिक तलब २० लाख डलर
Classic Tech

काठमाडौं । अल्फाबेट इंकका नयाँ नियुक्त भएका सिईओ सुन्दर पिचाईले आगामी ३ वर्षमा २४ करोड डलर बराबरको कार्यसम्पादनमा आधारित स्टक अवार्ड प्राप्त गर्नेछन् । कम्पनीमा यस्तो स्टक अवार्ड रकम अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताईएको छ ।

यसबाहेक पिचाईले सन् २०२० देखि शुरु हुनेगरि वार्षिकरुपमा २० लाख डलर समेत तलबको रुपमा घर लाने हालै कम्पनीले नियमनकारीमा दर्ता गरेको फाइलमा उल्लेख छ ।

यसअघि गत वर्षसम्म सोहि पदमा कार्यरत रहेका ल्यारी पेजले भने १ डलर तलब लिने गरेका थिए ।

सिईओ नियुक्तिसँगको ग्रान्ट रकम यसअघि एप्पलका सिईओको रुपमा टिम कुकलाई दिईएको थियो जसमा ३७ करोड ६० लाख डलर रहेको थियो ।

हालै मात्र गूगलका सहसंस्थापक पेज र सर्गेई ब्रिनले इन्टरनेट जायन्टको नेतृत्व त्याग गरेका थिए । उनीहरुले २१ वर्ष सो कम्पनीको नेतृत्व गरेका थिए भने हाल सम्पूर्ण नेतृत्वको जिम्मा पिचाईलाई दिईएको छ ।

गूगलमा १५ वर्ष बिताएका पिचाई अहिले भने कम्पनीको पर्यायवाचीको रुपमा रहेका छन् । उनी गूगलको प्रमुख हुँदा सन् २०१५ मा पिचाईले वार्षिकरुपमा ६ लाख ५२ हजार ५०० अमेरिकी डलर तलब पाउँथे । त्यसपछि भने उनलाई स्टक अवार्डको रुपमा १९ करोड ९० लाख डलर बराबर दिईएको थियो ।

दर्ता गरिएको फाइलअनुसार पिचाईले सन् २०१८ मा १९ लाख डलर प्राप्त गरेका थिए जसमा अधिकांश रकम उनको सुरक्षा र हवाईसेवामा प्रयोग भएको थियो । एजेन्सी

प्रकाशित: ७ पुष २०७६, सोमबार

Comments are closed.

Loading...