शाओमीले २०२० मा पोको फोनको अपग्रेड भर्सन ल्याउने, २७ वाट फास्ट चार्जिंग सपोर्ट हुनसक्ने

Technology Khabar ७ पुष २०७६, सोमबार

शाओमीले २०२० मा पोको फोनको अपग्रेड भर्सन ल्याउने, २७ वाट फास्ट चार्जिंग सपोर्ट हुनसक्ने
पोकोफोन एफ वान स्मार्टफोन
Classic Tech

काठमाडौं । शाओमीको सब ब्राण्ड पोकोका प्रयोगकर्ताहरुका लागि नयाँ छनौटको अवसर आउने भएको छ । निकै लामो समयदेखि पोको फोनको अपग्रेड मोडल नआएको विषयले पोको फोन प्रयोगकर्ताहरु निराश भएका थिए तर आगामी वर्ष अपग्रेड भर्सन आउने भएको छ ।
पोकोले पोको एफ २ लन्च गर्ने तयारी गरेको छ । कम्पनीका ग्लोबल हेड एल्भिनले ट्विट गरेर सो जानकारी दिएका हुन् ।

पोको एफ वान कम्पनीले २०१८ मा सार्वजनिक गरेको थियो जसलाई सूपथ मूल्यमा पावरफुल स्मार्टफोनको रुपमा लिईएको थियो भने निकै उत्साहजनक प्रतिकृयाहरु आएका थिए । सो स्मार्टफोनमा स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको थियो भने मुल्य निकै सस्तो तोकिएको थियो ।
एल्भिनले ट्विट गरेर सन् २०२० मा पोको ब्राण्डको बारेमा धेरै जानकारीहरु बाहिर आउने बताए ।

कम्पनीले आगामी वर्ष पोको एफ १ को अपग्रेड भर्सन लन्च गर्ने अनुमान गरिएको छ । तर उनले नयाँ स्मार्टफोन कहिले लन्च हुन्छ भन्ने पनि सोहि समय बताईने उल्लेख गरेका छन् ।

गएको नोभेम्बरमा शाओमीको एउटा नयाँ स्मार्टफोनलाई ३सी सर्टिफिकेसन दिईएको थियो र त्यो नै स्मार्टफोन एफ २ भएको अनुमान गरिएको छ । सो स्मार्टफोनको मोडल नम्बर एम१९१२जी७बीई/सी दर्ता गरिएको थियो र यसमा २७ वाटको फास्ट चार्जिंग फिचर पनि छ ।

प्रकाशित: ७ पुष २०७६, सोमबार

Comments are closed.

Loading...