अमेरिकी फेशियल रिकग्निशन प्रविधि जातिय विभेदकारी भएको भेटियो, अश्वेतलाई चिन्दा गर्दछ गल्ति

Technology Khabar ७ पुष २०७६, सोमबार

अमेरिकी फेशियल रिकग्निशन प्रविधि जातिय विभेदकारी भएको भेटियो, अश्वेतलाई चिन्दा गर्दछ गल्ति

काठमाडौं ।

काठमाडौं । अमेरिकामा अधिकतम प्रयोग भईरहेका फेशियल रिकग्निशन सफ्टवेयर जातिय विभेदकारी रहेको र यसको पहिचान प्रणालिमा पूर्वाग्रह देखिने रिपोर्ट सार्वजनिक भएको छ ।

अमेरिकाको फेडरल एजेन्सीले गरेको अनुसन्धान परीक्षणको क्रममा पत्ता लागेको हो । अमेरिकामा फेशियल रिकोग्निसन टेक्नोलोजी संकास्पद अपराधिहरुको पहिचान गर्नका लागि प्रहरी र एजेन्सीहरुले गर्ने गर्दछन् ।

नेशलन इस्टिच्यूट अफ स्ट्याण्डर्डस एण्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार आर्टिफिशियल इन्टेलिजेन्स सफ्टवेयरले गोरा मानिसहरुको पहिचान गर्न १० पटक गलत गरेको छ भने अफ्रिकी–अमेरिकी(अश्वेत) तथा एशियालीको पहिचानमा १०० प्रतिशत गलत गर्ने गरेको छ ।

अध्यनकाअनुसार अमेरिकी मुल मानिसहरुको पहिचान गर्न कानून लागू गराउने एजेन्सीहरुद्धारा प्रयोग गरिने तस्वीरहरुको डाटाबेसमा निकै ठूलो गल्ति भेटिएको छ । यो टेक्नोलोजीमा पुरुषहरुको तुलनामा महिलाहरुलाई पहिचान गर्न थप समस्या देखिएको थियो ।
त्यसैगरि युवाहरुको तुलनामा अधवैशे मानिसहरुको पहिचानमा पनि अधिक गल्ति भएका थिए ।

अमेरिकी सांसद तथा नागरिक अधिकारका लागि काम गर्ने संस्थाहरुले यो विषयमा लामो समयदेखि चिन्ता जाहेर गर्दै आएका थिए, जसलाई अध्ययनले थप प्रमाणित गरिदिएको छ ।

तर यो प्रविधिका समर्थकहरु भने अपराधिहरु तथा आतंककारीहरुको पहिचानका लागि यो महत्वपूर्ण टूल भएको बताउँदै आएका छन् ।
टेक कम्पनीहरुले यो प्रविलिलाई स्मार्टफोनमा पनि प्रयोग गर्दै आएका छन्।

अनुसन्धानको क्रममा फेसियल रिकोग्निस प्रविधिमा अमेरिकाभित्र गरिएको यो अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययन भएको बताईएको छ ।

अनुसन्धानकर्ताहरुले यो अवधिमा अमेरिकाका ८५ लाख मानिसहरुको मग शट, भिसा आवेदनमा राखिएको फोटो तथा बोर्डर क्रसिंग डाटाबेसको करिब १ करोड ८० लाख फोटोहरुको जाँच गरेका थिए ।

साथै ९९ डेभलपरहरुको १८९ वटा फेशियल रिकोग्निसन अल्गोरिदमलाई पनि जाँच गरिएको थियो । जसमा माइक्रोसफ्ट, काग्जिटेकजस्ता कम्पनीहरुको सफ्टवेयर पनि परीक्षण गरिएको थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ७ पुष २०७६, सोमबार

ताजा समाचार