अनुसन्धान तथा विकासमा गर्ने खर्च आधारमा सामसंग दोस्रो स्थानमा झर्यो, यी हुन प्रमुख कम्पनीहरु

Technology Khabar ६ पुष २०७६, आईतवार

अनुसन्धान तथा विकासमा गर्ने खर्च आधारमा सामसंग दोस्रो स्थानमा झर्यो, यी हुन प्रमुख कम्पनीहरु
सामसंगको नेपालस्थित कार्यालय । फाइल

काठमाडौं । अनुसन्धान तथा विकासको क्षेत्रमा सामसंग इलेक्ट्रोनिक्स गत वर्ष दोस्रो स्थानमा रहेको छ । यसअघि २०१७ मा पहिलो स्थानमा रहँदै अनुसन्धान तथा विकासमा सबैभन्दा धेरै लगानी गरेको कम्पनी अहिले भने दोस्रो भएको यूरोपेली संघको रिपोर्टमा उल्लेख छ।

सन् २०१९ को अनुसन्धान तथा विकास रिपोर्टअनुसार दक्षिण कोरियाली टेक कम्पनी सामसंगले करिब १४.८ अर्ब यूरो खर्च गरेको छ । सो रिपोर्टमा विश्वभरका २५ सय कम्पनीहरुको विश्लेषण गरेर प्रकाशित गरेको छ ।

दोस्रो स्थानमा भएपनि सामसंगले अघिल्लो वर्षको तुलनामा १० प्रतिशत लगानी वृद्धि गरेको छ, तर पनि कम्पनीले पहिलो स्थानमा रहेको अल्फाबेटलाई उछिन्न सकेन् । गूगलको लगानीकर्ता कम्पनी अल्फाबेटले १८.३ अर्ब यूरो खर्च गरेको छ । अल्फाबेटको लगानी अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत अधिक हो ।

सामसंगभन्दा पछााडि क्रमशः माइक्रोसफ्ट, फक्सवागन, ह्वावे, एप्पल र इन्टेल रहेको रिपोर्टमा उल्लेख छ । यूरोपको लिस्टमा सामसंग सन् २०१४ देखि नै प्रमुख ५ स्थानमा रहँदै आएको छ ।

प्रमुख ५० कम्पनीहरुमध्ये सामसंग मात्र एक्लो दक्षिण कोरियाली कम्पनी छ भने २२ वटा अमेरिकी कम्पनी छन् । एजेन्सी

प्रकाशित: ६ पुष २०७६, आईतवार

Comments are closed.

Loading...