प्रधानमन्त्रीको ट्विटर ह्याण्डल प्रयोगको अनुसन्धानकै बिच ट्विटरको एन्ड्रोयड एपमा सुरक्षा जोखिम भेटियो

Technology Khabar ६ पुष २०७६, आईतवार

प्रधानमन्त्रीको ट्विटर ह्याण्डल प्रयोगको अनुसन्धानकै बिच ट्विटरको एन्ड्रोयड एपमा सुरक्षा जोखिम भेटियो

काठमाडौं ।

काठमाडौं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक ट्विटर ह्याण्डल ह्याक भएको वा पासवर्डको अनधिकृत प्रयोग गर्दै दूरुपयोग भएको अनुसन्धान भईरहेको बेला ट्विटरले भने आफ्नो एन्ड्रोयड एपमा सेक्यूरिटी जोखिम देखिएको पत्ता लगाएको छ ।

ट्विटरले हालै आफ्नो प्राइभेसी ब्लगमार्फत सो जानकारी दिएको हो । डिसेम्सेम्बर २० तारिख शुक्रबार लेखिएको सो ब्लग पोस्टकाअनुसार यूजर्सको प्रोफाइल(जसमा ट्विटहरु पठाउने वा डाइरेक्ट मेसेज गर्ने) लाई गलत तरिकाले नियन्त्रण गर्न अनुमति दिने किसिमको संभावनायुक्त जाेखिम देखिएको थियो । यदि यसले मालिसियल कोडहरु एपमा राखेको भएमा यसले सार्वजनिक नभएको सूचनाहरुमा पनि पहुँच प्राप्त गर्ने थियो । यसले गर्दा ट्विटर एपको दूरुपयोग हुनसक्दछ।

ट्विटरले यो जोखिमबाट हालसम्म कोहि पनि प्रभावित नभएको र यसको दूरुपयोग नभएको देखिएको बताएको छ तर पनि कम्पनीले त्यसको लागि आवश्यक मापदण्ड अपनाएको उल्लेख गरेको छ ।

‘तर पनि हामी पूर्णरुपमा सुनिश्चित हुनसक्दैनौ त्यसैले अतिरिक्त सुरक्षा अपनाईरहेका छौं,’ कम्पनीले ब्लगमा भनेको छ ।

ट्विटरले यो समस्यालाई समाधान गर्ने कदम चालिसकेको छ भने मानिसहरुलाई सो बारेमा जानकारी दिँदै यदि कोहि एक्सपोज्ड भएको छ भने आवश्यक सुरक्षा अपनाउन भनेको छ ।

कम्पनीले यो सुरक्षा निर्देशन एन्ड्रोयडको भर्सनअनुसार फरक फरक भएको र यदि अझै कन्फ्यूज भएका ट्विटरको पछिल्लो भर्सन अपडेट गर्न भनेको छ ।

गत साता मात्रै प्रधानमन्त्रीको ट्विटर एकाउन्ट दूरुपयोग भएको भन्दै सरकारले छानबिन गरिरहेको छ। जसमा ट्विटर एकाउन्ट ह्याक भएको हो वा कसैले पासवर्डको दूरुपयोग गरेर अनधिकृतरुपमा एकाउन्ट चलाएको हो भन्ने पत्ता लगाईनेछ ।

प्रधानमन्त्रीको ट्विटर ह्याण्डलबाट भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुन विरुद्ध बोलेको भिडियो रिट्विट भएको देखिएको थियो ।

सो विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

*हेडलाईन सम्पादित

Global Bank
easy care

प्रकाशित: ६ पुष २०७६, आईतवार

ताजा समाचार