स्याटेलाइट टेक्नोलोजीमा काम गर्दै एप्पल, स्याटेलाइटबाट सिधै आइफोनमा डाटा पठाउन सकिने

Technology Khabar ६ पुष २०७६, आईतवार

स्याटेलाइट टेक्नोलोजीमा काम गर्दै एप्पल, स्याटेलाइटबाट सिधै आइफोनमा डाटा पठाउन सकिने

काठमाडौं ।

काठमाडौं । एप्पलले आगामी ५ वर्षभित्र स्याटेलाइटबाट सिधै तपाईँको आइफोनमा डाटा पठाउन सक्नेछ । कम्पनीले यहि लक्ष्यसाथ स्याटेलाइट टेक्नोलोजीमा काम गरिरहेको छ ।

स्याटेलाइट टेक्नोलोजीमा काम गर्नका लागि कम्पनीले कयौं अन्तरिक्ष विज्ञानका इन्जिनियरहरु नियुक्त गरिरहेको छ । यसको लागि हार्डवेयर, सफ्वटेयरमा दक्ष इन्जिनियरहरुसमेत राखेर आइफोन र अन्य कन्जुमर प्रडक्टहरुमा डाटा ट्रान्सफर गर्ने नयाँ तरिका पत्ता लगाउन खोजिरहेको छ ।

हाल यो निकै प्रारम्भिक चरणमा रहेको छ भने यसले कम्यूनिकेसन्स स्याटेलाइट टेक्नोलोजी विकास गर्ने र त्यसबाट यूजरको डिभाइसमा सिधै डाटा पठाउन सकिने तरिका पत्ता लगाउनेछ । यस्तो डाटा पठाउनका लागि कुनैपनि तेस्रो पक्षको नेटवर्क आवश्यक पर्नेछैन् ।

एप्पलले यसको लागि आफैंले स्याटेलाइट पठाउने भन्दा पनि स्याटेलाइट बीम लिनका लागि ग्राउण्ड स्टेशनहरुमा लगानी गर्नेछ र केबल ट्रान्समिसन डिभाइस मात्र विकास गर्नेछ ।

हाल यसमा कसरी अगाडि बढ्ने भन्ने अझै कम्पनी स्पष्ट नभएको रिपोर्टमा उल्लेख छ । ब्लूमबर्गबाट

easy care

प्रकाशित: ६ पुष २०७६, आईतवार