शाओमीले आगामी वर्ष कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने, आईओटीमा पनि ध्यान केन्द्रित

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आगामी २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ ।

हालै बेईजिंगमा आयोजित ५जी फ्यूचर सालोन नामक कन्फ्रेन्समा शाओमी ग्रुपका टेक्निकल कमिटी निर्देशक होङ्ग वेईले ५जी स्मार्टफोनहरुको बारेमा जानकारी दिएका हुन् ।

शाओमीले इन्टरनेट कम्पनी भएको र कम्पनीले स्मार्टफोनहरु, स्मार्ट हार्डवेयर, र आईओटी प्लेटफर्ममा ध्यान दिईरहेको बताए ।

कम्पनीले यो वर्ष ड्यूल इन्जिन स्ट्राटेजी आगामी ५ वर्षको लागि तयार गरेको उनले जानकारी दिए ।

उनले ५जी डिभाइरहरुको बारेमा जानकारी दिँदै आईओटीले स्मार्ट इन्टरकनेक्सन गर्ने बताए । ‘सूपर इन्टरनेटको समयमा आईओटीले ५० अर्ब भन्दा बढि डिभाइसहरु जोडिनेछ,’ उनले भने ।

उनकाअनुसार शाओमीको आईओटी प्लेटफर्ममा जुन ३०, २०१९ समममा १९ करोड ६० लाख डिभाइसहरु जोडिएका छन् ।

कम्पनीले आईओटीबाहेक आगामी वर्ष कम्तिमा १० वटा फरक रेन्जका ५जी स्मार्टफोनहरु लन्च गर्ने तयारी गरेको उनले जानकारी दिए ।