ठमेलमा इन्टरनेट तार काटिएकोमा दूरसंचार प्राधिकरणको गंभिर ध्यानाकर्षण, कारबाही गर्ने चेतावनी

Technology Khabar ५ पुष २०७६, शनिबार

ठमेलमा इन्टरनेट तार काटिएकोमा दूरसंचार प्राधिकरणको गंभिर ध्यानाकर्षण, कारबाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौंको ठमेल लगायतका क्षेत्रहरुमा हालै इन्टरनेटको तारहरु काटिएको भन्दै नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

केहि दिनअघि ठमेल क्षेत्रमा भिजिट नेपाल २०२० को तयारी गर्ने भन्दै ठमेल पर्यटन परिषदले इन्टरनेट तथा केबल टिभी सेवाहरुको तार काटिदिएको थियो । जसले गर्दा ठमेल क्षेत्रमा अझैसम्म इन्टरनेट सेवा शुचारु हुन सकेको छैन् ।

सोहि विषयमा प्राधिकरणले आफ्नो गंभिर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले तारहरुलाई व्यवस्थित गर्ने प्रकृया अगाडी बढाईरहेको र सेवा प्रदायक संस्थाहरु तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै यसरी तारहरु काटिँदा सो क्षेत्रमा दूरसंचार सेवाहरु अवरुद्ध हुन जाने र नागरिकको संचार तथा सूचना पाउने हक हनन हुन गएको उल्लेख गरेको छ ।

प्राधिकरणद्धारा जारी सूचनाअनुसार दूरसंचार जस्तो अत्यावश्यक सेवा अवरुद्ध हुने गरि गरिएको सो कार्य दूरसंचार ऐन २०५३ विपरीत भएको र दण्डनीय समेत भएको बताईएको छ । त्यसैगरी सो सेवाका लागि प्रयोग हुने तार तथा यन्त्र उपकरण नेपालभित्र निर्माण नहुने हुँदा सेवा सुचारु गर्दा ठूलो मात्रामा थप आर्थिक व्ययभार समेत पर्ने स्पष्ट गरिएको छ ।

उता परिषदले भने यसअघि इन्टरनेट सेवा प्रदायकहरुसँगको सम्झौता पालना नगरी थप तारहरु काटिने चेतावनी दिँदै आएको छ ।

इन्टरनेटका तारहरु काटिएको गुनासोका सम्बन्धमा पुरै सूचना हेर्न यहाँ क्लिक गर्नुस् ।

प्रकाशित: ५ पुष २०७६, शनिबार

Comments are closed.

Loading...