नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन सार्वजनिक, ड्यूल क्यामरा भएको फोन १२ हजार रुपैयाँमा

Technology Khabar ५ पुष २०७६, शनिबार

नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन सार्वजनिक, ड्यूल क्यामरा भएको फोन १२ हजार रुपैयाँमा

काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । टेलिटक नेपालमा बिगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री तथा वितरण प्रबद्र्धन लागि प्रख्यात छ ।

कम्पनीले नोकिया २.३ (Nokia 2.3) स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । यो इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एचडी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको बिशेषता रहेको छ ।

नोकिया २.३ मा एआई टेक्नोलोजीद्धारा संचालित ड्यूल क्यामरा छ जसमा “रेकमेन्डेड सट” फीचर रहेको छ । एन्ड्रोयड १० मा आधारित नयाँ नोकिया २.३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोयड ओएस अपडेट ग्यारेन्टि रहेकोछ ।

डिजाइन
नोकिया २.३ मा हेलियो ए२२ क्वाडकोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सिपीयूमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्धारा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

यो मोबाइलको ड्यूल क्यामरा पछाडी १३ मेगापिक्सेल प्राइमरी सूटर र २ मेगापिक्सेल डेफ्ट सेन्सर छ भने अगाडी ५ मेगापिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ ।

नोकिया २.३ को अन्तराष्ट्रिय मूल्य १०९ यूरो छ, जसको मूल्य नेपालमा रु. ११,९९९/- रुपैयाँसम्म पर्दछ ।

यो स्मार्टफोनमा ४,००० एमएएच ब्याट्री प्याक रहेको छ भने फोन सियान ग्रीन र चालकोर कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ पुष २०७६, शनिबार

Comments are closed.

Loading...