चीनका ह्याण्डसेट निर्माताहरुले ५जी फोन अधिक उत्पादन गर्न अन्य उत्पादकसँग आउटसोर्स गर्ने

Technology Khabar ५ पुष २०७६, शनिबार

चीनका ह्याण्डसेट निर्माताहरुले ५जी फोन अधिक उत्पादन गर्न अन्य उत्पादकसँग आउटसोर्स गर्ने
Classic Tech

काठमाडौं । चीनका प्रमुख स्मार्टफोन भेण्डरहरुले आगामी वर्षका लागि मिड रेन्जका ५जी स्मार्टफोनहरु सकेसम्म आउटसोर्स गर्ने अपेक्षा गरिएको छ । कम्पनीहरुले आगामी वर्ष इन्ट्रि लेभल र मिड रेन्जका ५जी स्मार्टफोनहरु लन्च गर्दैछन जसको लागि ह्याण्डसेट ओडिएमहरुको भर पर्नुपर्नेछ ।

प्रमुख ब्राण्डहरुले आफ्नो बिक्री विदेशी बजारहरुमा बिस्तार गर्ने र बढाउनेमा ध्यान केन्द्रित गरिरहँदा आउटसोर्स गर्नुपर्ने बाध्यता हुने बताईएको छ ।

ह्याण्डसेट ब्राण्डहरुले आफ्नो ध्यान अनुसन्धान तथा विकासमा लगाउने र फ्ल्यागशिप मोडलहरुको उत्पादन प्रयासले गर्दा आउटसोर्समा हुने बिस्तारले सप्लाइ चेन मेकर्सलाई पनि फाइदा हुने डिजिटाइम्सको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा ताइवानमा आधारित लार्जन प्रिसियस, फक्सकन इलेक्ट्रोनिक्स र मिडियाटेकलाई फाइदा हुने उल्लेख छ ।

चीनका ह्याण्डसेट निर्माताहरुले हाल इन्ट्रि लेभल र मिड रेन्जका ५जी फोनहरु विकास गर्न निकै ध्यान दिईरहेका छन्, चीनमा र अन्य बजारहरुमा टेलिकम अपरेटरहरु त्यस्ता मोडलहरु आफ्ना ५जी सर्भिसहरुमा जोड्न चाईरहेका छन् ।

चीनमा, चाइना मोबाइलले सन् २०२० मा मात्रै १० करोड ५जी स्मार्टफोनहरु बिक्री गर्ने लक्ष्य राखेको छ, रिपोर्टमा भनिएको छ ।

यसबाहेक चीनका प्रमुख फोन निर्माता कम्पनीहरु ह्वावे, ओपो, भीभो र शाओमीले सन् २०२ण् मा आफ्नो आपूर्तिको लक्ष्य पुरा गर्ने अपेक्षा गरिएकोछ ।

प्रकाशित: ५ पुष २०७६, शनिबार

Comments are closed.

Loading...