Technology Khabar ४ पुष २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । गूगललाई फ्रान्सको प्रतिस्पर्धा हेर्ने नियमनकारी निकायले विज्ञापनमा प्रतिस्पर्धाको विरुद्ध गएको भन्दै जरिवाना लगाएको छ ।
गूगलको एड्स पेजमा राखिएका विज्ञापन अस्पष्ट भएको भन्दै फ्रान्सका अधिकारीहरुले गूगललाई १५ करोड यूरो जरिवाना लगाएका छन् ।
यो जरिवाना फ्रान्स र अन्य यूरोपेली मुलुकहरुले प्रमुख अमेरिकी टेक कम्पनीहरु गूगल, फेसबुक, एप्पल र अमेजनलाई नियन्त्रण गर्ने किसिमले लगाईएको बताईएको छ । जहाँ प्रायजसो निकै कम ट्याक्स भुक्तानी गरिएको आलोचना हुँदै आएको छ ।
यसअघि सेप्टेम्बरमा पनि गूगलले ४ वर्ष अघि भएको वित्तीय ठगीलाई समाधान गर्न फ्रान्सेली नियमनकारीहरुलाई १ अर्ब यूरो तिर्न स्विकार गरेको थियो ।
फ्रेन्च कम्पिटिसन अर्थोरिटीकी प्रमुख इजाबेल डे सिल्भाले गूगलको अनलाइ विज्ञापन व्यवसायमा रहेको दबदबाको बारेमा बोल्दै यसलाई असामान्य भनेकि छिन् । जसमा अमेरिकी टेक कम्पनीले करिब ९० प्रतिशत बजार हिस्सा लिएको छ ।
उता गूगलले भने सो जरिवानाको विरुद्धमा पुनरावेदन गरिने बताएको छ ।
यो वर्षको जनवरीमा फ्रान्सको डाटा प्रोटेक्सन वाचडगले गूगललाई यूरोपियन यूनियन अनलाइन प्राइभेसी नियमहरु भंग गरेको आरोपमा ५ करोड यूरो जरिवाना गरेको थियो । एजेन्सी
प्रकाशित: ४ पुष २०७६, शुक्रबार