जर्मनीको अदालतद्धारा उबरका राइड हेलिंग सेवाहरुमा प्रतिबन्ध

Technology Khabar ४ पुष २०७६, शुक्रबार

जर्मनीको अदालतद्धारा उबरका राइड हेलिंग सेवाहरुमा प्रतिबन्ध

काठमाडौं । जर्मनीमा उबरको सेवामाथि प्रतिबन्ध लागेको छ । जर्मनको अदालतले अमेरिकी लाइड हेलिंग कम्पनीसँग भाडाका कारहरु प्रयोग गर्नका लागि आवश्यक पर्ने अनुमति पत्र नभएको भन्दै प्रतिबन्ध लगाएको हो ।

अदालतको यो नयाँ निर्णयसँगै कम्पनीलाई अर्को झड्का लागेको छ, हालै मात्र बेलायतको लण्डनमा कम्पनीलाई सेवा संचालनमा रोक लागेको थियो, जहाँ कम्पनीसँग यात्रुहरु ओसार्ने लाइसेन्स खारेज भएको थियो । लण्डनमा शहरको नियमनकारी निकायले यात्रुहरुलाई जोखिममा पारेको दाबी गरेका थिए ।

जर्मनीमा उबर ७ शहरहरुमा संचालन हुँदै थियो जहाँ कम्पनीले कार रेन्टर कम्पनीहरु र उनीहरुको लाइसेन्सधारी चालकहरुसँग एक्सक्लुसिभ काम गर्दै आएको थियो ।

अदालतको यो निर्णय तत्काल लागू हुनेछ तर कम्पनीले अपिल गर्न सक्नेछ । उबरका प्रवक्ताले अदालतको आदेश पालना गर्ने र जर्मनीमा कम्पनीको सेवाहरु निरन्तर गर्नका लागि थप कदम चाल्ने बताएका छन् । एजेन्सी

प्रकाशित: ४ पुष २०७६, शुक्रबार

Comments are closed.

Loading...