आइबिएमले बनायो नयाँ ब्याट्रीको डिजाइन, ब्याट्रीमा समुन्द्रको पानीबाट आउने खनिजहरु प्रयोग

Technology Khabar ४ पुष २०७६, शुक्रबार

आइबिएमले बनायो नयाँ ब्याट्रीको डिजाइन, ब्याट्रीमा समुन्द्रको पानीबाट आउने खनिजहरु प्रयोग

काठमाडौं ।

काठमाडौं । इन्टरनेशनल बिजनेस मशिन्स कर्पले ब्याट्रीको नयाँ डिजाइन सिर्जना गरेको छ, जसमा समुन्द्रिपानीबाट झिकिएको सामाग्रीहरु प्रयोग गर्न सकिन्छ ।

हालको ब्याट्रीमा हुने कोबाल्ट नयाँ डिजाइनमा आवश्यक नपर्ने भएकोछ भने अधिक महँगो र दुलर्भ स्रोतहरुको साटो वैकल्पिक स्रोतहरु प्रयोग हुनेछ ।

आइबिएमले ड्यामलर एजीको मर्सिडिज बेन्चको अनुसन्धान अंग ब्याट्री इलेक्ट्रोलाइट आपूर्तिकर्ता सेन्ट्रल ग्लास र ब्याट्री उत्पादक सिडसका साथमा नयाँ डिजाइनको व्यवसायीक उत्पादनका लागि सहकार्य गरेको बताएको छ।

यसको लक्ष्य भनेको एक वर्ष वा सो अवधिभित्रै ब्याट्रीको पहिलो प्रोटोटाइप बनाउनु हो, आइबिएम रिसर्चका भाइस प्रेसिडेन्ट जेफ वेल्सरले भने ।

यो कदम प्रमुख ब्याट्री निर्माताहरुका भएको र यसले लिथियम आयन ब्याट्रीहरुमा प्रयोग हुने कोबाल्ट कन्टेन्टको प्रयोगलाई कम गर्नेछ । इलेक्ट्रिक भेहिकलको बजार बिस्तार हुने अपेक्षाका साथ महंगो खनिजपदार्थको अभाव हुने आशंकाका बिच यो नयाँ आविश्कार आएको छ । कोबाल्ट विशेषगरि कंगोमा पाईन्छ ।

आइबिएमकाअनुसार नयाँ प्रविधिले लिथियम आयन ब्याट्रीहरुलाई लागत, चार्जिंग समय र उर्जा दक्षताको आधारमा उच्चतम रहेको प्रमाणित गरेको छ ।

easy care

प्रकाशित: ४ पुष २०७६, शुक्रबार