ह्वावे कनेक्ट नेपाल आयोजना हुँदै, आईसिटी रणनीति र नयाँ प्रविधिहरुको बारेमा जानकारी दिईने

Technology Khabar ४ पुष २०७६, शुक्रबार

ह्वावे कनेक्ट नेपाल आयोजना हुँदै, आईसिटी रणनीति र नयाँ प्रविधिहरुको बारेमा जानकारी दिईने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले सूचना प्रविधिको क्षेत्र आफ्ना रणनीतिहरु तथा आविश्कारहरुलाई प्रदर्शन गर्न ह्वावे कनेक्ट, नेपाल आयोजना गर्न लागेको छ ।

कम्पनीले डिसेम्बर २० तारिख अर्थात पुस ४ गते काठमाडौंमा ह्वावे कनेक्ट, नेपाल (Huawei Connect, Nepal)कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रममा ह्वावेले क्लाउड कम्प्यूटिंग, बिग डाटा, आईओटि र अल्ट्रा ब्रोडब्याण्डलगायतका नयाँ प्रविधिहरुको जानकारी तथा प्रदर्शन गर्नेछ ।

कम्पनीले टेलिकम, वित्तीय, यातायात, स्मार्ट प्रशारण, सरकारी निकायहरु, सार्वजनिक प्रयोग र अध्य धेरै क्षेत्रहरुमा डिजिटल रुपान्तरण भईरहेको हुँदा नयाँ रणनीतिहरु र इन्नोभेटिभ सोलुसनहरुले त्यसलाई उच्चतम स्थानमा लैजाने दाबी गरेको छ ।

‘ह्वावे कनेक्ट नेपालको लक्ष्य भनेको खुला, सहकार्यसहित र ग्लोबल प्लेटफर्मलाई शेयर गर्नुरहेको छ । जसमा सूचना प्रविधि उद्योगका हरेक व्यक्तिलाई एकता र साथसाथै अगाडि बढाउनुरहेको छ,’ कम्पनीले पठाएको निम्तो कार्डमा भनेको छ ।

easy care

प्रकाशित: ४ पुष २०७६, शुक्रबार