एशिया प्यासिफिक रिजनल आईजीएफ २०२०का लागि फेलोसिप आवेदन खुला

Technology Khabar ४ पुष २०७६, शुक्रबार

एशिया प्यासिफिक रिजनल आईजीएफ २०२०का लागि फेलोसिप आवेदन खुला
Global IME Bank

काठमाडौं ।

काठमाडौं । एशिया प्यासिफिक रिजनल इन्टरनेट गभर्नेन्स फोरम(एपीआरआईजीएफ)ले काठमाडौंमा हुने एपीआरआईजीएफ २०२० का लागि फेलोसिप खुला गरेको छ ।

सो फेलोसिपमार्फत काठमाडौंमा हुने एपीआरआईजीएफ २०२० एशिया प्यासिफिक क्षेत्रका इच्छुकहरुले सहभागीता जनाउन सक्नेछन् ।

डिसेम्बर १६, २०१९ देखि खुला गरिएको फेलोसिप प्रोग्राम आगामी जनवरी १२ २०२० सम्मको अवधिमा इच्छुकहरुले आवेदन दिन सक्नेछन् । फेलोसिपमार्फत एपीआरआईजीएफ २०२० मा सहभागी हुन चाहने तर आर्थिकरुपमा असमर्थहरुलाई आमन्त्रण गरिने र उनीहरुको खर्च बेहोरिनेछ ।

फेलोसिपमा सहभागी हुनेहरुले आवेदन दिनसक्नेछन र त्यसलाई कमिटिले अन्तिम घोषणा गर्नेछ ।

फेलोसिप पाएका व्यक्तिहरुले एपीआरआईजीएफ २०२० आयोजना हुनुभन्दा अगाडि र पछाडि सम्पन्न गर्नुपर्ने कामहरुको बारेमा समेत जानकारी दिईएको छ ।

एपीआरआईजीएफ एशिया क्षेत्रमा हुने इन्टरनेट गभर्नेन्सको विकास गर्नका लागि स्थापना गरिएको सहभागीतामुलक प्लेटफर्म हो ।
नेपालमा पहिलो पटक सन् २०२० मे २६ देखि २९ तारिखसम्म काठमाडौंमा एपीआरआईजीएफ २०२० आयोजना हुँदैछ ।

यदि तपाईँ पनि एपीआरआईजीएफ २०२० मा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर फेलोसिपको बारेमा थप जानकारी लिनुहोस् ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ पुष २०७६, शुक्रबार

ताजा समाचार