यूट्यूब भिडियोबाट ८ वर्षिय बालकले सबैभन्दा धेरै कमाए, यी हुन् धेरै कमाउने प्रमुख १० यूट्यूबर

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म यूट्यूबमा आफ्नो च्यानलमार्फत सबैभन्दा धेरै आम्दानी गर्नेको सूची एक ८ वर्षिय बालक रहेका छन् ।

विभिन्न किसिमका खेलौनाहरुको रिभ्यू गर्ने ८ वर्षिय बालकले यूट्यूबमा दोस्रो पटक पनि सबैभन्दा धेरै आम्दानी गर्ने व्यक्ति भएको हालै फोब्र्सले सार्वजनिक गरेको प्रमुख १० सूचीको रिपोर्टमा उल्लेख छ ।

रायन वल्र्डका रायनले सन् २०१९ मा २करोड ६० लाख डलर आम्दानी गरेका छन गत वर्ष उनले २ करोड २० लाख डलर कमाएका थिए । यो तथ्यांक २०१८ को जुनदेखि २०१९ को जुन महिनासम्मको तथ्यांक हो ।

सो सूचीको दोस्रो स्थानमा ड्यूड परफेक्ट तथा तेस्रो स्थानमा नास्टिया रहेका छन्, उनीहरुले क्रमश २ करोड डलर तथा १ करोड ८० डलर कमाएका थिए ।

चौथो धेरै कमाउने यूट्यूबरमा रेट एण्ड लिंक, पाँचौंमा जेफ्री स्टार, छैठौंमा प्रिस्टन एर्समेन्ट, सातौंमा पियुडाईपाई र मार्कीपलायर, नवौंमा डानियल मिडलटन र १० औं स्थानमा एभान फोंग रहेका छन् ।प्रमुख १०को सूचीमा चर्चित यूट्यूबर पियुडाईपाई पनि रहेका छन् । ७ औं स्थानमा रहेका उनले सो अवधिमा १ करोड ३० लाख डलर कमाएका छन् ।

सबैभन्दा धेरै कमाउने प्रमुख १० यूट्यूबरहरुले सन् २०१९ मा कुल १६ करोड २० लाख डलर कमाएका थिए । उनीहरुले विज्ञापनहरु, स्पोन्सर, सामाग्री बिक्री तथा टूरहरुबाट आम्दानी गरेको फोब्र्सले बताएको छ । बीबीसी