एप्पलले पायो डिस्प्ले भित्र हुने फिंगरप्रिन्ट सेन्सरको पेटेन्ट, आगामी आइफोनहरुमा आउन सक्ने

Technology Khabar ३ पुष २०७६, बिहीबार

एप्पलले पायो डिस्प्ले भित्र हुने फिंगरप्रिन्ट सेन्सरको पेटेन्ट, आगामी आइफोनहरुमा आउन सक्ने
Classic Tech

काठमाडौं । एप्पलले आगामी आईफोनहरुमा डिस्प्ले भित्रै फिंगरप्रिन्ट सेन्सर राख्ने भएको छ ।

कम्पनीले हालै अण्डर दि डिस्प्ले अप्टिकल इमेज सेन्सर्सको पेटेन्ट पाएसँगै आगामी आइफोनहरुमा सो प्रविधि आउने अपेक्षा गरिएको छ ।

एप्पलले आइफोन एक्स लन्च गरेसँगै कम्पनीले टच आइडी फिंगरप्रिन्ट सेन्सर्स ल्याउने अनुमान गरिएको थियो । तर अझै सो आएको छैन् ।

तर हालै एप्पलले पेटेन्ट पाएको छ जसले गर्दा आगामी जेनेरेशनको आइफोनमा यो प्रविधि आउन सक्नेछ । सो पेटेन्ट २०१७ मा फाइल गरिएको थियो । सो अप्टिकल इमेज सेन्सर स्क्रिनको मुनी हुनेछ, सो अप्टिकल इमेज सेन्सरले युजर्ससँग सम्बन्धित बायोमेट्रिक इमेज डाटा पहिचान गर्नेछ ।

एप्पलको नयाँ अप्टिकल फिंगरप्रिन्ट सेन्सर संभवत यसअघि नै केहि उत्पादनहरुमा प्रयोग भईसकेको छ ।

प्रकाशित: ३ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...