Technology Khabar ३ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिमध्येका एक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अफिसियल कम्प्यूटरमा अझैपनि विण्डोज एक्सपी अपरेटिंग सिस्टम प्रयोग गर्ने गरेका छन् ।
गत महिना क्रेमलिन प्रेसले पुटिनको मस्को स्थित आवासको फोटो रिलिज गरेको छ, जसबाट उनले पुरानो अपरेटिंग सिस्टम प्रयोग गरिरहेको खुलासा भएको हो ।
फोटोमा उनी एक कम्प्यूटर स्क्रीनको अगाडि बढेका छन जसमा डेस्कटपको ब्याकग्राउण्डमा क्रेमलिनको तस्विर रहेको छ । स्क्रीनको तल्लो भागमा निलो रंगको टास्कबार छ जसबाट उनको कम्प्यूटरमा अझैपनि विण्डोज एक्सपी अपरेटिंग सिस्टम रहेको थाहा भएको हो ।
सो विण्डोज एक्सपी अपरेटिंग सिस्टम माइक्रोसफ्टले सन् २००१ मा शुरु गरेको थियो भने सन् २०१४ मा यसलाई सपोर्ट दिन बन्द गरेको थियो । यसको अन्तिम सेक्यूरिटी अपटेड २०१४ मा आएको थियो ।
जसका साथमा कम्पनीले यूजर्सलाई अलर्ट पठाउँदै यो ओएस प्रयोग गरिरहेमा भाइरसको जोखिम हुने चेतावनी दिएको थियो ।
रुसमा सरकारी कामकाजमा विदेशी सफ्टवेयरमा प्रतिबन्ध लगाईएको छ भने केहिलाई सिमित प्रतिबन्धसहित अनुमति दिईएको छ । मिडिया रिपोर्टहरुकाअनुसार यसै कारणले पुटिनको कम्प्यूटरलाई नयाँ सिस्टममा अपग्रेड गरिएको छैन् ।
यसअघि रुसले विण्डोज एक्सपीलाई आधिकारीकरुपमा सरकारी काममा प्रयोग गर्न अनुमति दिएको भएपनि विण्डोज १० लाई भने राज्यका गोप्य जानकारीहरु राखिने कम्प्यूटरहरुमा प्रयोगलाई रोक लगाईएको छ । तर यसलाई खुला प्रयोग गर्न भने अनुमति रहेको छ ।
रसियाले आफ्ना सरकारी प्रयोगको लागि छुट्टै सफ्वेयरहरु बनाएको छ । जसमा रसियन सरकारले रसियन अस्ट्रा लिनक्स ओएसमा जाने योजना लिएको थियो तर सो सफ्टवेयर अझै तयार नहुँदा सो योजना रोकिएको थियो ।
रुसका राष्ट्रपति पुटिन प्रविधिको निकै कम मात्र प्रयोग गर्दछन् । उनीसँग स्मार्टफोन नभएको र इन्टरनेटको प्रयोग कहिलेकाँही मात्र गर्ने जानकारी यसअघि थाहा भएको थियो ।
केहि महिनाअघि मात्रै रुसले स्थानियस्तरमा बनेका सफ्टवेयर र एप्सहरु प्रि-इन्स्टल नभएका स्मार्टफोनहरुको बिक्रीमा सन् २०२० जुलाईदेखि रोक लगाउने कानून पारित गरेको थियो । एजेन्सी
प्रकाशित: ३ पुष २०७६, बिहीबार