भारतमा इन्टरकनेक्सन यूजेज चार्ज सन् २०२० को अन्त्यमा मात्र हटाईने

Technology Khabar ३ पुष २०७६, बिहीबार

भारतमा इन्टरकनेक्सन यूजेज चार्ज सन् २०२० को अन्त्यमा मात्र हटाईने

काठमाडौं ।

काठमाडौं । भारतीय टेलिकम नियामक निकाय- भारतीय दूरसंचार नियामक प्राधिकरण(ट्राई)ले हालै इन्टरकनेक्सन यूजेज चार्ज(आईयूसी) हटाउने निर्णयलाई स्थगित गरेको छ । नियामक निकायले सो आईसीयू चार्जलाई सन् २०२० ३१ जनवरीसम्म लगाउने मंगलबार बताएको छ ।

ट्राईको नयाँ निर्णयसँगै अब एउटा नेटवर्कबाट अर्को नेटवर्कमा जाने फोन कलहरुमा भारु ६ पैसा प्रति मिनेटको इन्टरकनेक्सन शुल्क आगामी एक वर्षसम्म लाग्नेछ ।

नयाँ नियमआएसँगै पछिल्लो दिनहरुमा ऋणमा रहेका भारतीय टेलिकम कम्पनीहरुलाई राहत हुने अपेक्षा गरिएको छ । जसमध्ये विशेषगरि भोडाफोन आइडिया र भारती एयरटेललाई फाइदा हुनेछ ।

सन् २०२० मा आईयूसी चार्ज हटाउनका लागि नियामक निकायले टेलिकम कम्पनीहरुसँग यो वर्ष सेप्टेम्बरमा सुझाव लिएको थियो । त्यसबेला भोडाफोन आइडिया र भारती एयरटेल आईयूसी चार्ज हटाउने पक्षमा थिए भने अर्को अपरेटर जियोले सो निर्णयमा आपत्ति जनाएको थियो ।

तर पछि जियोले अक्टोबरदेखि फ्री कलिंग हटाएर अर्को नेटवर्कमा आउटगोईंगका लागि ६ पैसा प्रति मिनेट शुल्क लगाएको थियो ।
यसअघि ट्राईले सन् २०१७ अक्टोबर १ देखि १४ पैसा प्रति मिनेट रहेको शुल्क घटाएर ६ पैसा गरेको थियो ।

नयाँ निर्णयले रिलायन्स जियोलाई नराम्रो असर पार्ने बताईएको छ किनकी कम्पनीले आफ्ना ग्राहकहरुसँग अब थप ६ पैसा प्रतिमिनेट आईयूसी लिनुपर्ने हुन्छ ।

Global Bank
easy care

प्रकाशित: ३ पुष २०७६, बिहीबार

ताजा समाचार