राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा निर्मित नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्रको शुभारम्भ

Technology Khabar २ पुष २०७६, बुधबार

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा निर्मित नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्रको शुभारम्भ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

राष्ट्रिय वाणिज्य बैंकको रु. ४० लाख सहयोगमा रक्त संचार केन्द्र निर्माण भए बापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक खनाललाई सो समारोह हस्तान्तरण गरे ।

बि.स. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निशुल्क सेवा, पूर्व प्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यून शुल्कमा सेवा उपलब्ध गराउदै आएको छ भने शुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिईरहेको छ ।

प्रकाशित: २ पुष २०७६, बुधबार

Comments are closed.

Loading...