शुरु भयो फ्रिक्वेन्सी अक्सनको प्रकृया, नेपाल टेलिकम र एनसेलमध्ये कसले लग्ला बाँकी फ्रिक्वेन्सी ?

Technology Khabar २ पुष २०७६, बुधबार

शुरु भयो फ्रिक्वेन्सी अक्सनको प्रकृया, नेपाल टेलिकम र एनसेलमध्ये कसले लग्ला बाँकी फ्रिक्वेन्सी ?
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन शुरु भएको छ । दूरसंचार प्राधिकरणले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिबिच अहिले १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको अक्सन गराउँदैछ।

सो अक्सन प्रकृयामा दुबै कम्पनीहरुले बोलकबोलअनुसार फ्रिक्वेन्सीको बोली लगाउने छन् । जसमध्ये अधिक बोली लगाउने कम्पनीले फ्रिक्वेन्सी अक्सन हासिल गर्नेछ भने आफूलाई आवश्यक पर्ने फ्रिक्वेन्सी सो मूल्यमा खरिद गर्न पाउनेछ ।

अक्सनलाई तीन चरणमा गरिनेछ र प्रत्येक चरणमा दुबै कम्पनीहरुले बन्द खामभित्र आफूले चाहेको रकम बाेली लगाउँदै अक्सन एडमिनिस्ट्रेसनलाई बुझाउनेछन र तेस्रो तथा अन्तिम चरणमा अधिक बाेली लगाउने कम्पनीले अक्सनमार्फत फ्रिक्वेन्सी लानेछ ।

 

प्रकाशित: २ पुष २०७६, बुधबार

Comments are closed.

Loading...