टेलिनेटद्धारा अलिबाबा क्लाउडका उत्पादनहरुको बारेमा जानकारी दिन रोडशो आयोजना

Technology Khabar १ पुष २०७६, मंगलवार

टेलिनेटद्धारा अलिबाबा क्लाउडका उत्पादनहरुको बारेमा जानकारी दिन रोडशो आयोजना

काठमाडौं ।

काठमाडौं । अलिबाबा क्लाउडको बारेमा जानकारी दिने उद्धेश्यले टेलिनेट प्रालिले नेपालमा रोडशो आयोजना गरेको छ । कम्पनीले स्थानिय पार्टनरहरुलाई सहयोग गर्न र क्लाउड कम्प्यूटिंग टेक्नोलोजीको बारेमा जानकारी दिन सो कार्यक्रम आयोजना गरेको बताएको छ ।
अलिबाबा क्लाउड प्रडक्टहरु प्रयोग मार्फत वन स्टल सोलुसन दिन टेलिनेट प्रयासरत रहेको बताएको छ ।

सो कार्यक्रमको अवधिमा कम्पनीहरुले विभिन्न व्यवसायहरुले कसरी लोकप्रिय क्लाउड कम्प्यूटिंग प्रडक्टहरु प्रयोग गरेर आफ्ना सेवाहरुलाई सजिलो बनाउन सक्दछन भन्ने बारेमा जानकारी दिईएको थियो ।

अलिबाबा क्लाउडमार्फत ईकमर्श, फिनटेक, लजिस्टिक, मिडिया र इन्टरटेनमेन्ट, डिजिटल ब्राण्डिंग र मार्केटंगलगायतका क्षेत्रमा प्रभावकारीरुपमा सेवा दिन सकिने दाबी गरिएकोछ ।

टेलिनेटले अलिबाबा क्लाउडसँगको सहकार्यमा नेपालमा विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

‘अलिबाबासँगको सहकार्यपछि हामीले नेपालमा आफ्ना सेवाहरु अझ ससक्त बनाएका छौं, नेपालको आईटि बजार प्रारम्भिक चरणमा नै रहेको हुँदा हाम्रो सहकार्यले थप कम्पनीहरुलाई क्लाउड प्रयोगका लागि उत्साहित गर्नेछ,’ टेलिनेटका भाइस प्रेसिडेन्ट तथा बिजनेट हेड नभांकर सुदले भने ।

Global Bank
easy care

प्रकाशित: १ पुष २०७६, मंगलवार