एनसीसी बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंकका ग्राहकहरुले आफ्नो खाता सेलपेमा खोल्दा विभिन्न सुविधा पाउने गरी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकिृत रमेश राज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

सो सम्झौतापश्चात बैंकका ग्राहकले सेलपेमा आफ्नो खाता खोल्नेवित्तिकै एक सय रुपैयाँ बराबरको रिचार्ज टपअप र बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयल्टी पोईन्ट पाउने बताईएको छ ।