ईकमर्श कम्पनी दराजले फुटेको सामान डेलिभरी गरेर ठगेको भन्दै बाणिज्य विभागमा उजुरी

Technology Khabar १ पुष २०७६, मंगलवार

ईकमर्श कम्पनी दराजले फुटेको सामान डेलिभरी गरेर ठगेको भन्दै बाणिज्य विभागमा उजुरी

काठमाडौं ।

काठमाडौं । ईकमर्श अनलाइन दराजबाट सामान खरिद गर्दा ठगेको भन्दै दराज अनलाइन शपिंगका विरुद्धमा उपभोक्तावादी संस्थाले उजुरी गरेको छ ।

दराज अनलाइनमा खरिद गरेको सामान उपभोक्तालाई डेलिभरी गर्दा टुटफुट सामान दिएको भन्दै राष्ट्रिय उपभोक्ता मन्चले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेको हो ।

दराज ईकमर्श साइटबाट ललितपुर बंगलामुखी एरियाका विपिन महर्जनले किनेको हार्ड डिस्क ड्राइभको केश डेलिभरीको समयमा टुटफुट भएको अवस्थामा दिएको भन्दै उजुरी गरेको हो ।

सो उजुरीमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ९ अनुसार ढुवानीकर्ताले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा सो नगराएको आरोप लगाईएको छ । त्यसैगरि टुटफुट भएको सामाग्रीको बारेमा दराजले फिर्ता लिन नमिल्ने र निरिक्षण गरेपश्चात मात्र सामानको मूल्य मात्र फिर्ता हुने जानकारी दिएको उजुरी पत्रमा उल्लेख छ ।

easy care

प्रकाशित: १ पुष २०७६, मंगलवार