विण्डोज स्मार्टफोनमा २०२० देखि ह्वाट्सएप पुरै बन्द, यी लाखौं स्मार्टफोनहरुमा फेब्रुअरीदेखि नचल्ने

Technology Khabar २९ मंसिर २०७६, आईतवार

विण्डोज स्मार्टफोनमा २०२० देखि ह्वाट्सएप पुरै बन्द, यी लाखौं स्मार्टफोनहरुमा फेब्रुअरीदेखि नचल्ने

काठमाडौं ।

काठमाडौं । मेसेजिंग एप ह्वाट्सएपले आफ्नो एपको सपोर्ट पुराना अपरेटिंग सिस्टमका लागि बन्द गर्ने भएको छ । कम्पनीका लाखौं प्रयोगकर्ताहरुका स्मार्टफोनमा यो एपले आगामी दिनमा काम गर्न छोड्नेछ ।

फेसबुकको अधिनमा रहेको ह्वाट्सएपले आगामी डिसेम्बर ३१, २०१९ देखि विश्वभरका कयौं स्मार्टफोनहरुमा सेवा दिन बन्द गर्ने भएको हो ।
फेसबुकले हालै जानकारी दिँदै ३१ डिसेम्बरपछि विण्डोज स्मार्टफोनहरुमा ह्वाट्सएप सँधैका लागि बन्द गर्ने घोषणा गरेको छ । यसको अर्थ माइक्रोसफ्टको विण्डोज ओएसमा आधारित स्मार्टफोनहरुमा यो एप चल्ने छैन् ।

यसबाहेक केहि एन्ड्रोयड र आईओएसमा आधारित स्मार्टफोनहरुमा पनि यसले काम गर्नेछैन् ।

कम्पनीकाअनुसार आगामी वर्षको पहिलो दिनदेखि नै कयौं स्मार्टफोनहरुमा ह्वाट्सएप बन्द गर्नेछ ।

कम्पनीले फरवरी १, २०२० देखि भने एप्पलको अपरेटिंग सिस्टम आईओएस ८ वा त्यो भन्दा पुराना ओएसमा काम गर्नेछैन् । यसबाहेक एन्ड्रोयडको भर्सन २.३.७ वा त्यो भन्दा पुरानो अपरेटिंग सिस्टममा सोहि समयदेखि ह्वाट्सएप प्रयोग गर्न पाईने छैन् ।

तोकिएका सिस्टम भएका स्मार्टफोनहरुमा ह्वाट्सएप उपलब्ध नहुँदा यूजर्सले आफ्नो ह्वाट्सएप एकाउन्ट नयाँ अपरेटिंग सिस्टममा सिफ्ट गर्नुपर्ने हुन्छ । यसको लागि फोनको ओएस अपडेट गर्नुपर्ने हुन्छ वा यूजर्सले नयाँ स्मार्टफोन किन्नुपर्ने हुन्छ ।
सबैभन्दा पहिले ह्वाट्सएप विण्डोज फोनहरुमा बन्द हुनेछ । आईओएस ८ वा सो भन्दा पुरानो भर्सनमा यूजर्सले नयाँ एकाउन्ट बनाउन सक्नेछैन् ।

ह्वाट्सएपकाअनुसार यूजर्सको सेक्यूरिटीका लागि यो बाध्यकारी कदम उठाएको हो ।उनीहरुले आफ्नो भएको एकाउन्ट पनि पुन प्रमाणिकरण गर्न सक्नेछैनन् । यसको अर्थ आईओएस ९ वा सो भन्दा नयाँ ओएस भएका आइफोनहरुमा मात्र ह्वाट्सएप प्रयोग गर्न सकिनेछ ।

आईओएसको मोडिफाईड भर्सन अर्थात जेल ब्रेक गरिएका ओएस प्रयोग भएका आईफोनमा पनि यो चल्नेछैन् ।

आईओएस जस्तै एन्ड्रोयड ओएस २.३.७ वा सो भन्दा पुराना भर्सनका ओएस भएका स्मार्टफोनहरुमा यूजर्सले आफ्नो एकाउन्ट पुन प्रमाणित गर्न सक्दैनन् ।

अहिले च्याटिंग एप वाईफाई मात्र चलाउन सकिने किसिमका डिभाइसहरुमा सपोर्ट गर्दैन् ।

easy care

प्रकाशित: २९ मंसिर २०७६, आईतवार

ताजा समाचार