एमजी जेडएस इभी आधिकारिकरुपमा नेपालमा सार्वजनिक

Technology Khabar २८ मंसिर २०७६, शनिबार

एमजी जेडएस इभी आधिकारिकरुपमा नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिकरुपमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडी रु ४९,९९,००० शुरुवाती मुल्यमा उपलब्ध छ ।

पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्यालले भने, “हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ ।”

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको जनाएको छ ।

प्रकाशित: २८ मंसिर २०७६, शनिबार

Comments are closed.

Loading...