नेपाल टेलिकम पोखरा प्रिमियर लिगको सह–प्रायोजक, खेलाडीलाई डाटा र भ्वाइस प्याक उपहार दिने

Technology Khabar २८ मंसिर २०७६, शनिबार

नेपाल टेलिकम पोखरा प्रिमियर लिगको सह–प्रायोजक, खेलाडीलाई डाटा र भ्वाइस प्याक उपहार दिने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम पोखरामा मंसिर २८ गतेदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ ।
आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ ।

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने जानकारी दिएको छ ।

त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ ।

एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ ।

उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २८ मंसिर २०७६, शनिबार