नेपाल फिनटेक समिट शुरु, वित्तिय क्षेत्रमा प्रयोग हुने प्रविधिहरु बारे छलफल

Technology Khabar २७ मंसिर २०७६, शुक्रबार

नेपाल फिनटेक समिट शुरु, वित्तिय क्षेत्रमा प्रयोग हुने प्रविधिहरु बारे छलफल

काठमाडौं ।

काठमाडौं । ‘नेपाल फिनटेक समिट एण्ड एक्स्पो’ शुक्रबारबाट सुरु भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको नेपालमा ‘फिनटेक’अर्थात वित्तिय क्षेत्रमा प्रयोग भएको प्रविधिको विषयमा विभिन्न चरणमा छलफल भएको छ ।

शुक्रबारबाट सुरु भएको कार्यक्रम शनिबारसम्म चल्नेछ । कार्यक्रममा नेपालका साथै भारत, बंगलादेश, सिंगापुर, श्रीलंकालगायत देशबाट बैकिङ प्रविधिमा संलग्न विज्ञहरुको उपस्थिती रहेको थियो । बैकिङ क्षेत्रको ईको सिस्टमलाई समेट्ने गरी आयोजना भएको कार्यक्रममा साइबर सेक्युरिटीलाई पनि विषेश प्राथमिकता दिइएको छ ।

कार्यक्रमको पहिलो दिन नेपालमा फिनटेकको हालको अवस्था र यसको भविष्यको विषयमा प्यानल डिस्कसन रहेको थियो । इकोनोमिक्स टाइम्सको बैंक तथा वित्तिय क्षेत्रका सम्पादक अमोद सिभाजी देथेको मोडरेशनमा आयोजना भएको प्यानलमा अमेजन वेभ सर्भिसका सिनियर म्यानेजर, विकास बजाज, आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, ई–ढेवाका प्रमुख कार्यकारी निर्देशक एलेन बेलोचन तुलाधार, तथा न्यूटानिक्सका सिस्टम हेड नरेश पुरोहीत रहेका थिए ।

कार्यक्रममा ढकालले नेपालमा विस्तारै मोवाइल बैंकिङ तथा अनलाइन पेमेन्टको विषयमा प्रयोगकर्ता जानकार भइरहेको बताए। उनले विस्तारै यसको प्रयोगमा आकर्षण बढेको भएतापनि सरकारी नीति भने समय अनुसार परिवर्तन हुन नसकेको गुनासो गरे ।

उनले भारतको मोवाइल बैंकिङको उदाहरण दिँदै भने, ‘भारतमा छोटा समयमामोवाइल बैंकिङ बैंकको विकल्प भईसकेको छ । त्यहाँ सरकाले सेवा सुरु भएसँगै त्यसलाई प्रबद्र्धन गर्ने खालको नीति निमार्ण गरिएको छ। तर, नेपालको परिवेशमा त्यस्तो हुन सकेको छैन ।’

समिटमा बैंक तथा वित्तिय र बीमाको क्षेत्रमा उपयोगी हुने प्रविधिहरु, क्लाउड, साइबर सेक्यूरिटी, कन्जुमर फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका विषयमा छलफल भएको छ ।

Global Bank
easy care

प्रकाशित: २७ मंसिर २०७६, शुक्रबार

ताजा समाचार