एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

Technology Khabar २७ मंसिर २०७६, शुक्रबार

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

काठमाडौं ।

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयीहरु ग्राहकहरु मध्येका एक हुन् ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् ।

राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिइकी थिइन् ।

तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरु मध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।

यस योजना अन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहक मध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २७ मंसिर २०७६, शुक्रबार