गूगलको क्रोम ब्राउजरले प्रयोगकर्ताको पासवर्डहरु असुरक्षित भएको आफैं जानकारी दिने

Technology Khabar २७ मंसिर २०७६, शुक्रबार

गूगलको क्रोम ब्राउजरले प्रयोगकर्ताको पासवर्डहरु असुरक्षित भएको आफैं जानकारी दिने

काठमाडौं । गूगलले क्रोमा नयाँ टूल अपडेट गरेको छ जसले यूजर्सको पासवर्डलाई सुरक्षित बनाउने छ । सो अपडेट यहि मंगलबारदेखि शुरु भएको हो ।

क्रोमको नयाँ फीचरले यूजर्सलाई चेतावनी पठाउँछ र उनीहरुको यूजरनेम तथा पासवर्ड कुनैपनि प्रकारको डाटा ब्रिचमा परेको जानकारी दिन्छ । त्यसको लागि पप अप देखिनेछ र प्रयोगकर्ताहरुले चाहेमा नयाँ पासवर्डहरु प्रयोग गर्नसक्नेछन् ।

यो नयाँ टूल गूगलको पासवर्ड चेकअप टेक्नोलोजीको बिस्तारको रुपमा आएको छ, जुन गएको फेब्रुअरीमा घोषणा गरिएको थियो । यो शुरुमा ब्राउजर एक्सटेन्सनको रुपमा आएको थियो तर अब भने यूजरहरुले वेब ब्राउज गर्दा अटोमेटिक देख्नेछन् ।

यो क्रमश सबैलाई उपलब्ध गराईनेछ र यो सेटिंग्समा सिंक एण्ड गूगल सर्भिसेट ट्याबभित्र रहनेछ ।

गूगलले आफ्नो यूजरहरुको लगइन क्रेडेन्सियल्सलाई नियमित चेकअपका साथै क्रस चेक गर्नेछ । जसमा ४ अर्बभन्दा बढि यूजरनेम र पासवर्डहरु छन् । यसका जानकारीहरु पासवर्ड डम्पका स्रोतहरुबाट संकलन गरिएका छन् । एजेन्सी

प्रकाशित: २७ मंसिर २०७६, शुक्रबार

Comments are closed.

Loading...