Technology Khabar २६ मंसिर २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले Asia’s Most Trusted Company Award 2019 बाट सम्मानित गरेकोछ ।
कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबिसीलाई धन्यवाद दिंदै सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित: २६ मंसिर २०७६, बिहीबार