एनसेल प्रयोगकर्ताका लागि भीआर ‘गेमाथन’ आयोजना हुँदै, १६ वर्ष माथिका सहभागी हुन पाईने

Technology Khabar २६ मंसिर २०७६, बिहीबार

एनसेल प्रयोगकर्ताका लागि भीआर ‘गेमाथन’ आयोजना हुँदै, १६ वर्ष माथिका सहभागी हुन पाईने

काठमाडौं । वन९७ कम्यूनिकेसन नेपाल प्रालि तथा भारतको सबैभन्दा ठूलो डिजीटल गुड्स मार्केटप्लेस पेटिएमले एनसेल सेवाग्राहीहरुका लागि नेपालमा ‘गेमाथन’ संचालन गर्ने भएको छ । कम्पनीले एनसेल प्रालिसँगको सहकार्यमा गेमिंग इभेन्ट आयोजना गर्न लागेको हो ।

काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुने सो एक दिने गेमाथनमा सहभागी हुनका लागि प्रतियोगीसँग एनसेलको सिमकार्ड र व्यक्तिको परिचयपत्र हुनुपर्ने मापदण्ड तोकिएको छ ।

सो गेमाथनमा सहभागी हुन कम्तिमा १६ वर्ष वा सो भन्दा माथि उमेरको हुनुपर्नेछ । मंसिर २७ गते शुक्रबार आयोजना हुने सो गेमाथनमा ईच्छुकले १ बजे देखि सो इभेन्टमा सहभागी हुनसक्नेछन् भने सो प्रतिस्पर्धा ५ बजेसम्म संचालन हुने जानकारी कम्पनीले दिएको छ । सो गेममा सहभागीका लागि प्रवेश निशुल्क रहेको छ ।

कम्पनीका प्रतिनिधि पवन शर्माकाअनुसार सो गेमाथनमा १२०० भन्दा बढि प्रतिस्पर्धी आउने अनुमान गरिएको छ भने विभिन्न ३ प्रकारका भर्च्यूअल रियालिटी (भीआर) मा आधारित अफलाइन गेमहरु खेलाईने छ ।

जसमा भीआरमा आधारित क्रिकेट, डिगिरन र बिट सेभर नामक गेमहरु प्रतिस्पर्धीले खेल्नुपर्ने छ । सो गेमाथनका बिजेताहरुले स्मार्टफोन, रिचार्जलगायतका विभिन्न पुरस्कारहरु जित्न सक्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: २६ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...