Technology Khabar २५ मंसिर २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । ११.११ को सफलतापछि अनलाइन् शपिङ्ग साइट दराजले वर्षको अन्तिम किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२.अभियान यही २६ मंसिर देखी पुष २ सम्म लागू हुने बताईएको छ ।
यस अभियान द्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशतसम्मको भारी छूट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्ने छन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा रु १,५०० सम्मको छूट पाउनेछन् ।
दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाख भन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोर को भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडे को थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि “सुपर नोभेम्बर” नै हुन पुग्यो । त्यसैले हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्य तरिकाले विदाई गर्न चाहान्छौं । र खास गरि ११.११ को फाईदा उठाउन नपाउनुभएकाहरुलाई भनि हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरु लिएर आएका छौँ ।’
प्रकाशित: २५ मंसिर २०७६, बुधबार