प्रिमियम स्मार्टफोन बिक्री मध्ये ५ प्रतिशत हिस्सा ५जी स्मार्टफोनको, प्रिमियम ब्राण्डमा एप्पल अगाडी

काठमाडौं। विश्वभर ५जी प्रविधि, नेटवर्कको बिस्तारसँगै ५जी स्मार्टफोनको प्रयोग पनि बढिरहेको छ । त्यसैले स्मार्टफोनको बिक्री घटिरहेको बेलामा पनि ५जी स्मार्टफोनको बिक्रीले घट्दो दरलाई नियन्त्रण गर्न सहयोग गरेको काउन्टर प्वाइन्टको रिपोर्ट आएको छ ।

विश्वभर प्रिमियम स्मार्टफोन मार्केट सेगमेन्ट ७ प्रतिशतले वार्षिकरुपमा घटेको छ । सन् २०१९ को तेस्रो त्रैमासमा बिक्री घटिरहेपनि ५जी स्मार्टफोनको बिक्री भने सुधारमा रहेको छ । जसले गर्दा सो अवधिमा सम्पूर्ण प्रिमियम स्मार्टफोनको आपूर्ति मध्ये ५ प्रतिशत ५जी स्मार्टफोनको हिस्सा रहेको छ ।

५जी स्मार्टफोनको बजार हिस्सा मध्ये पहिलो स्थानमा सामसंग रहेको छ, जसले ५जी स्मार्टफोन बिक्रीको ७४ प्रतिशत बजार लिएको छ भने एलजीले ११ प्रतिशत बजार लिएको छ । अर्को ५जी स्मार्टफोन मेकर भीभोको बजार भने ५ प्रतिशत रहेको देखिन्छ ।

यो समयावधि भनेको दक्षिण कोरिया, उत्तर अमेरिका र चीनमा ५जी प्रविधिको प्रयोगको शुरुवाती चरण हो । यसमा सामसंग ग्यालेक्सी एस१० ५जी प्रमुख ५जी स्मार्टफोन बिक्री हुने फोन बनेको छ ।

अहिले सबै प्रिमियम सेगमेन्टमा स्मार्टफोन मेकरहरुसँग ५जी क्षमतायुक्त डिभाइस छ भने अमेरिकी टेक कम्पनी एप्पलसँग छैन् । तरपनि एप्पलले प्रिमियम बजारको आधाभन्दा बढि हिस्सा एक्लैले २०१९ को तेस्रो त्रैमासमा लिएको छ । कम्पनीले १ प्रतिशतको बजार वृद्धि गर्दै सो अवधिमा ५२ प्रतिशत पुर्याएको छ, जसमा सबैभन्दा महत्वपूर्ण एप्पलको आइफोन ११ ले सहयोग गरेको छ । आइफोनको एक्सआर प्रिमियम सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने मोडल भएको छ ।

त्यसपछि सामसंगको बजार हिस्सा छ जोसँग २५ प्रतिशत प्रिमियम स्मार्टफोन बजार छ ।

चिनियाँ ब्राण्ड ह्वावे प्रमुख प्रिमियम स्मार्टफोन सेलर भएको छ । कम्पनीले पी३० सिरिजको बिक्रीसँगै आफ्नो बजार बढाएको छ जसमा विशेषगरि चीनको बजारको महत्वपूर्ण योगदान छ । ह्वावेका करि ८० प्रतिशत बिक्री चीनको प्रिमियम सेगमेन्टमा रहेकोछ ।

अर्को प्रिमियम स्मार्टफोन मेकर वनप्लसले प्रमुख ५ कम्पनीमा पुन स्थान पाएको छ । जसमा भारतीय प्रिमियम सेगमेन्ट बजारले सहयोग गरेको छ । कम्पनीले लन्च गरेको वनप्लस ७टी, ७टी प्रोले गर्दा कम्पनीलाई आफ्नो बजार बनाउन सहयोग भएको छ ।

प्रिमियम स्मार्टफोन सेगमेन्टमा एलजी पनि प्रमुख ५ ब्राण्डमा सहभागी भएको छ । कम्पनीको भी५० थिंक ५जी स्मार्टफोनले यसमा सहयोगगरेको छ जसमा एलजीले २० प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको छ । जबकि एलजीको समग्र स्मार्टफोन बिक्रीमा वार्षिक दरमा ३० प्रतिशतको कमी आएको छ ।