Technology Khabar २० मंसिर २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन मेकर मोटोरोलाले आफ्नो नयाँ स्मार्टफोन मोटोरोला वन हाइपर लन्च गरेको छ । कम्पनीले मिड रेन्जमा ल्याएको यो स्मार्टफोन पप अप सेल्फी डिजाइनमा रहेको छ । कम्पनीले पहिलो पटक यस्तो डिजाइनमा स्मार्टफोन ल्याएको हो ।
पप अप सेल्फी क्यामरा ३२ मोगपिक्सेलको राखिएको छ भने यो मोटोरोला फोनमा भएको मध्ये सबैभन्दा धेरै रिजोलुसन भएको सेल्फी क्यामरा फोन समेत भएको छ । फोटो खिच्नका लागि फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा प्लस ८ मेगापिक्सेलको अल्ट राखिएको छ भने यसमा लेजर अटोफोकस सिस्टम रहेको छ ।
यो फोनको क्यामराले लो लाइटमा फोटो खिच्नका लागि नाइट भिजन फीचर राखिएको छ ।
मोटोरोला वन हाइपरमा ६.५ इन्चको आईपिएस एलसिडी टोटल भिजन डिस्प्ले राखिएकोछ । यसको पछाडिको भागमा फ्रिंगरप्रिन्ट स्क्यानर रहेको छ ।
फोनलाई चार्ज गर्नको लागि ४,००० एमएएचकोब्याट्री प्याक छ भने यसमा हाइपर चार्जिंग टेक्नोलोजी रहेको छ जसमा मोटोरोलाको ४५ वाट वायर्ड चार्जिंग राखिएको छ । यसले १० मिनेटमा १२ घण्टासम्मको लागि आवश्यक चार्ज प्रदान गर्ने कम्पनीको दाबी छ । तर सो चार्जर छुट्टै किन्नुपर्नेछ भने बक्समा १५ वाटको चार्ज मात्र उपलब्ध हुन्छ ।फोनमा स्न्यापड्रागन ६७५ चीपसेट राखिएको छ भने यो फोन ४ जीबी र्याम र १२८ जीबी स्टारेज अप्सन सहित आउँछ । एन्ड्रोयड १० ओएसमा संचालन हुने यो फोनमा मोटोरोलाको आफ्नै विभिन्न फीचरहरु राखिएका छन् ।
हाल यो फोन अमेरिका र ब्राजिलमा मात्र उपलब्ध भएको छ जसको मूल्य ४०० अमेरिकी डलर तोकिएको छ । मोटोरोला वन हाइपर ब्लू ओसियन, एम्बेर रेड, फ्रेस अर्किड कलर अप्सनमा उपलब्ध हुनेछ ।
प्रकाशित: २० मंसिर २०७६, शुक्रबार