नेपाल टेलिकमको फोरजी एलटिई सेवा अब रारा तालमा उपलब्ध, घुम्न जाने पर्यटकहरुलाई सहज हुने

Technology Khabar १९ मंसिर २०७६, बिहीबार

नेपाल टेलिकमको फोरजी एलटिई सेवा अब रारा तालमा उपलब्ध, घुम्न जाने पर्यटकहरुलाई सहज हुने

काठमाडौं ।

काठमाडौं । कर्णाली अन्चलको मुगु जिल्लामा रहेको प्रसिद्ध पर्यटकिय स्थल रारा ताल क्षेत्र घुम्न जाने पर्यटकहरुले अब सजिलैसँग फोरजी एलटिई सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सो क्षेत्रमा आफ्नो फोरजी सेवा बिस्तार गरेसँगै टेलिकमका सेवाग्राहीहरुले रारातालको मनोरम दृश्य हेर्दै फोरजी एलटिई सेवा प्रयोग गर्न पाउने भएका हुन् ।

नेपाल टेलिकमले प्रसिद्ध पर्यटकिय क्षेत्र रारा तालमा पनि अत्याधुनिक फोरजी सेवा बिस्तार गरेको हो । कम्पनीले बिहिबारदेखि नै सेवाग्राहीले प्रयोग गर्न सकिने गरि फोरजी एलटिई प्रविधिमार्फत मोबाइल सेबा संचालन गरेको छ।

यसको लागि टेलिकमले रारा तालको छेउमा फोरजी एलटिई बिटिएस टावर जडान गरेको छ । कम्पनीले फोरजी बिटिएस टावरमा निरन्तर पावर दिनका लागि सोलार सिस्टम पनि जडान गरेको जनाएको छ ।रारा ताल क्षेत्रमा यसअघि टेलिकमले सदरमुकाम गमगढी नजिक थार्प डाँडामा रहेको रेडियो लिङ्कमा रारा ताल छेउमा राखेको जीएसएम नेटवर्कको टावर लिङ्क गराएर थ्रीजी इन्टरनेट सेवा उपलब्ध गराई रहेको थियो ।

फोरजी एलटिई सेवाले रारा आसपासका साथै मुर्माटप, माथिल्लो मिली,लामाचौर र रारा विमानस्थलको माथिल्लो भागसम्म काम गर्नसक्ने टेलिकमले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १९ मंसिर २०७६, बिहीबार

ताजा समाचार