एक्यूरेटको हाइबास ब्लूटूथ स्पीकर बजारमा सार्वजनिक, मूल्य २,९९९ रुपैयाँ, १ वर्षको वारेन्टी

काठमाडौं । हालै मात्र एक्यूरेट ब्राण्डको उत्पादन नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको कम्पनी भाविक इन्टरनेशनलले हालै आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाली बजारमा आफ्नो पहिलो ब्राण्डेड ब्लूटूथ स्पीकर सार्वजनिक गरेको हो ।

कम्पनीले यो एक्यूरेट हाइबास ब्लूटूथ स्पीकर बजारमा ग्राहकहरुलाई सूपथ मूल्यमा ब्राण्डेड र गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्धेश्यले ल्याएको जानकारी दिएको छ ।

यो पोर्टेबल स्पीकर १० वाट क्षमताको रहेको छ भने ययसमा ब्लूटूथ ५.० भर्सन प्रयोग गरिएको छ । टिएफ कार्ड स्लट समेत भएको सो स्पीकर ह्याण्ड्स फ्री माइक्रोफोन, अक्स(AUX) उपलब्ध छ । एक्यूरेट हाइबास ब्लूटूथ स्पीकरमा २,००० एमएएचको ब्याट्री क्षमता राखिएको छ भने स्पीकरमा १ वर्षको वारेन्टी दिईएको छ ।नेपाली बजारमा रेड, ब्ल्याक र गोल्ड कलर अप्सनमा उपलब्ध हुने एक्यूरेटको नयाँ ब्लूटूथ स्पीकरको मूल्य केबल २,९९९ रुपैयाँ तोकिएको छ ।

यो पनि हेर्नुस्-

एक्यूरेट ब्राण्डका गुणस्तरीय इलेक्ट्रोनिक्स एसेसरिज नेपाली बजारमा, यस्तो छ उत्पादन र मूल्यसूची