गूगल फोटोज एपमा मेसेज लेखेर फोटोहरु र भिडियोहरु शेयर गर्ने सुविधा थपियो

Technology Khabar १९ मंसिर २०७६, बिहीबार

गूगल फोटोज एपमा मेसेज लेखेर फोटोहरु र भिडियोहरु शेयर गर्ने सुविधा थपियो

काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्मबाट गूगल फोटोजमा फोटोहरु तथा भिडियोहरु ट्रान्सफर गर्न सकिने टूल ल्याउन लागेको घोषणा गरेको एकदिनपछि नै गूगलले फोटोज एपमा नयाँ फीचर थप गरेको छ ।

कम्पनीले गूगल फोटोज एपमा यूजर्सलाई मेसेज लेख्ने सुविधा दिएको छ ।

जतिबेला यूजर्सले गूगल फोटोजका साथमा फोटो वा भिडियो शेयर गर्दछन, उनीहरुले त्यसमा केहि लेख्न सकिने सुविधा उपलब्ध भएको छ । यसका साथै त्यसफोटोको बारेमा लाइक वा कमेन्ट समेत गर्न सकिने फीचर राखिएको हो ।

अझ यूजर्सले त्यस्तो कुराकानीमा प्रयोग भएका फोटोहरु आफ्नो ग्यालरीमा इमेज क्वालिटी नगुमाईकन नै सेभ गर्न सक्नेछन् ।अझ यसको लागि कुनै अर्को च्याट एप आवश्यक पर्दैन भने सम्पूर्ण कुराकानीहरु गोप्य र निजी रहन्छन् । ‘यो फीचर तपाईँले यसअघि नै प्रयोग गरिरहेको च्याट एप्सको प्रतिस्थापनको लागि डिजाइन गरिएको होईन्, तर हामी यो फीचरले तपाईँका साथीहरु र परिवारहरुबिच गूगल फोटोजमा सम्झना शेयर गर्दा सुधार गर्ने आशा गर्दछौं,’ गूगलले ब्लग पोस्टमा भनेको छ ।

यो फीचर क्रमशः सबैलाई उपलब्ध हुनेछ भने एन्ड्रोयड, आईओएस र वेब सबैमा प्रयोग गर्न सकिनेछ ।

प्रकाशित: १९ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...