क्वालकमद्धारा दुई नयाँ ५जी चीपसेट सार्वजनिक, आगामी वर्षका मिड रेन्ज स्मार्टफोनमा प्रयोग हुने

काठमाडौं । चीप मेकर कम्पनी क्वालकमले आफ्नो वार्षिक कार्यक्रमको आयोजनामा दुई नयाँ चीपसेटहरु सार्वजनिक गरेको छ जसले क्वालकमको नयाँ मोडुलर प्लेटफर्म प्रयोग गर्दछ ।

कम्पनीले स्न्यापड्रागन ८६५ र स्न्यापड्रागन ७६५ दुईवटा चीपसेट सार्वजनिक गरेको हो । स्न्यापड्रागन ८६५ यसअघिको ८५५ को सक्सेसरको रुपमा सार्वजनिक गरिएको छ भने दुईवटा स्न्यापड्रागन ७६५/७६५ ५जी चीपसेटहरु ५जी सर्पोटसहित लन्च गरिएको हो ।

मोडूलर प्लेटफर्मअन्तरगत क्यारियरहरुको आफ्नो ५जी टेक्नोलोजीलाई नयाँ चीपसेटहरुमा सजिलै जडान गर्न सकिने गरि तयार पारिएको छ ।

क्वालकमको स्न्यापड्रागन ८६५ लाई स्न्यापड्रागन एक्स५५ मोडेमका साथ प्रयोग गर्न सकिनेछ,, जून मोडेम यसअघिको एक्स५० मोडेमको सक्सेसर हो । यो अधिक उर्जा दक्षता प्रकृयासहित आउने छ । एक्स५५ ले स्ट्याण्डअलोन तथा नन स्ट्याण्डअलोन नेटवर्कहरु सपोर्ट गर्दछ । एक्स ५५ मोडेम एमएमवेबका साथै सब ६ गीगाहर्ज ५जी नेटवर्कलाई सपोर्ट गर्दछ ।

स्न्यापड्रागन ७६५ ५जी भने ५जी को एकिकृत सपोर्टका साथ आउँछ तर यसको जोडि मोडेमको बारेमा भने कुनै जानकारी आएको छैन् ।
यसबाहेक कम्पनीले आफ्नो नयाँ इन डिस्प्ले फिंगरप्रिन्ट टेक्नोलोजी जसलाई थ्रीडी सोनिक म्याक्स नाम दिईएको छ सो पनि घोषणा गरेको छ । यसमा गरिने स्क्यानरको सुनिश्चिततामा निकै सुधार गरिएको छ । यसमा यूजरलाई दुई औंलाहरुद्धारा समेत आधिकारीकता प्रदान गर्न सकिने सुविधा दिन्छ ।

क्वालकमको मिड रेन्जको स्न्यापड्रागन ७६५ ५जी चीपसेट लन्च भएसँगै आगामी वर्षमा आउने मिड रेन्जका स्मार्टफोनहरुमा समेत ५जी सपोर्ट देख्न सकिने छ । जून अहिलेका ५जी स्मार्टफोन भन्दा सस्तो हुनेछ ।

क्वालकमको नयाँ स्न्यापड्रागन ७६५ सिरिज सबैभन्दा पहिलो एचएमडीले नोकिया स्मार्टफोनमा प्रयोग गर्नेछ ।