भारतको दिल्लीमा फ्रि वाईफाई सुविधा घोषणा, प्रत्येक यूजरलाई हरेक महिना १५ जीबी डाटा उपलब्ध

Technology Khabar १८ मंसिर २०७६, बुधबार

भारतको दिल्लीमा फ्रि वाईफाई सुविधा घोषणा, प्रत्येक यूजरलाई हरेक महिना १५ जीबी डाटा उपलब्ध

काठमाडौं ।

काठमाडौं । भारतको राजधानी दिल्लीको सम्पूर्ण क्षेत्रहरुमा निशुल्क वाईफाई सुविधा उपलब्ध भएको छ । केहि समयपछि हुन लागेको विधानसभाको निर्वाचन अगाडि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पुरै दिल्लीमा निशुल्क वाईफाई सुविधा घोषणा गरेका हुन् ।

दिल्ली सरकारले पुरै दिल्लीको ११ हजार स्थानहरुमा हटस्पट लगाउने बताएको छ । सो फ्रि वाईफाईमार्फत प्रत्येक यूजरलाई प्रति महिना १५ जीबी डाटा निशुल्क प्राप्त हुनेछ । यसको शुरुवात यहि डिसेम्बर १६ तारिखदेखि हुने बताईएको छ ।

फ्रि वाईफाईको विषय क्याबिनेटबाट पास भएको छ भने टेण्डरको प्रकृया समेत पुरा भईसकेको छ । क्याबिनेटले अगस्ट ८ मा ४ हजार बस स्टप र हरेक विधानसभामा १०० वटा हटस्पट जडान गर्न अनुमति दिएको थियो । हटस्पटको ५० मिटरको वरीपरीको रेन्जमा जतिपनि मानिसहरु रहन्छन उनीहरुले वाईफाईको प्रयोग गर्न सक्नेछन् ।

दिल्लीभरी निशुल्क वाईफाईको लागि सरकारले करिब १०० करोड भारु वार्षिकरुपमा खर्च गर्ने छ ।

मुख्यमन्त्री केजरीवालको पार्टी आम आदमी पार्टीले सन् २०१५ को विधानसभा चुनावमा दिल्लीमा निशुल्क वाईफाई दिने प्रतिबद्धता जाहेर गरेको थियो ।

सो फ्रि वाईफाई हटस्पट विधानसभा क्षेत्रको आधारमा जडान हुनेछ । पहिलो १०० हटस्पट १६ डिसेम्बरमा नै लन्च हुनेछ भने पहिलो साता १०० र त्यसपछि हरेक साता ५०० वटा हटस्पट जडान गरिनेछ । हरेक आधा किलोमिटरमा हटस्पट जडान हुने बताईएको छ ।

फ्रि वाईफाई हटस्पटबाट अधिकतम २०० देखि न्यूनतम १०० एमबीपीएसको स्पीड उपलब्ध हुनेछ । एक हटस्पटमा १०० जनाले एकैपटक इन्टरनेट चलाउन सक्नेछन् र यसको लागि एप तयार पारीएको छ ।

केवाईसी भरेर ओटीपीद्धारा वाईफाई कनेक्ट गर्न सकिन्छ । त्यसपछि यूजर जुन हटस्पटको नजिक जान्छ त्यहिँको इन्टरनेट वाईफाई अटोमेटिक कनेक्ट हुने दाबी गरिएको छ। एजेन्सी

easy care

प्रकाशित: १८ मंसिर २०७६, बुधबार