अपटेड समाचार

गूगलका संस्थापकद्धयले पद छाडे, प्यारेन्ट कम्पनी अल्फाबेटको नेतृत्व अब सुन्दर पिचाईको हातमा

काठमाडौं । गूगलको सह संस्थापकहरु ल्यारी पेज तथा सर्गेई ब्रिनले गूगलको माउ कम्पनी अल्फाबेटको नेतृत्व छोड्ने घोषणा गरेका छन् । २१ वर्षअगाडि दुबैजनाले हालको सर्च जायन्ट गूगलको स्थापना गरेका थिए भने यसलाई विश्वको मूल्यवान कम्पनीको रुपमा बनाउन सफल भएका थिए ।

अब भने दुबैले आफ्ना पारिवारिक जिम्मेबारी निभाउने भन्दै अल्फाबेटको नेतृत्व गूगलका हालका सिईओ सून्दर पिचाईलाई सुम्पने भएका हुन् । उनले तत्कालै प्यारेन्ट कम्पनी अल्फाबेट इंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को जिम्मेबारी लिनेछन् ।

दुबै संस्थापकहरुले मंगलबार ब्लग पोस्ट गर्दै कम्पनीको दैनिक व्यवस्थापनमा लामो अवधिदेखि संलग्न हुनु निकै ठूलो अवसर भएको भन्दै ‘अबको समय गौरव गर्ने अभिभावकको भूमिका निभाउने समय आएको हामीले महसुस गरेका छौं–सल्लाह र माया दिईरहने तर दैनिक कुनै दबाब नदिने,’ पेज र सर्गेईले ब्लगमा लेखेका छन् ।

हाल ४६ वर्ष भएका दुबैले कार्यकारी जिम्मेबारीबाट हटेपनि दुबैजना कम्पनीको बोर्डमा भने रहनेछन् ।

उनीहरुले बोर्ड सदस्यको रुपमा कम्पनीसँग सम्बन्ध बनाईरहने र कम्पनीको शेयरहोल्डर रहिरहने बताएका छन तर कम्पनीको व्यवस्थापनमा भने परिवर्तनको समय आएको बताए ।

२१ वर्षअघि सन् १९९८ मा दुबैले सिलिकन भ्याली (क्यालिफोर्निया) को एक ग्यारेजमा गूगलको शुरुवात गरेका थिए । सन् २०१५ मा कम्पनीमा व्यापक परिवर्तन गर्दै गूगलको मुख्य प्यारेन्ट कम्पनीको रुपमा अल्फाबेट स्थापना गरेका थिए ।

अल्फाबेटले गूगलको भन्दा बाहिरको कामहरु जसमा आर्टिफिशियल इन्टेलिजेन्सतर्फका कामहरु गरिरहेको छ । सो कम्पनीको नेतृत्व पेज र सर्गेईले गरिरहेको थिए । उनीहरुको नेतृत्वमा दर्जन भन्दा बढि कम्पनीहरु संचालनमा रहेका छन् ।

Cheap Sex Cam Website

Leave a Reply