अपटेड समाचार

ओयोद्वारा आदित्य घोषलाई बोर्डमा नियुक्ती

काठमाडौं । ओयो होटेल्स एण्ड होम्स, होटेल्स तथा भ्याकेशन घरहरुको विश्वव्यापी एक अग्रणी श्रृंखलाले भारत तथा दक्षिण एशियाको होटेल्स र आवास व्यवसायका हालका सिईओ आदित्य घोषलाई कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरेको घोषणा गरेको छ ।

आदित्यले ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा ग्रुप सिईओ रितेश अग्रवाल, बाजा कर्पोरेशनका संस्थापक तथा सिईओ बेट्सी एटकिन्स र अन्य उद्योग विशेषज्ञहरु जस्तै मुनिष वर्मा, प्रबन्ध पार्टनर, सफ्टबैंक भिजन फण्ड, बेजुल सौम्या, पार्टनर, लाइटस्पीड इन्डिया पार्टनर एडभाइजर, मोहित भटनागर, प्रबन्ध निर्देशक, सिकोया क्यापिटल इन्डिया एडभाइजर र अन्यहरुको बीचमा शक्तिशाली, विविध र वास्तवमै विश्वव्यापी संयोजन बनाउने बताईएको छ ।

याहु र इबेमा यसअघि लगानी गरेसकेका बेट्सी एटकिन्स्लाई हालै स्वतन्त्र निर्देशक र सफलतापूर्वक सार्वजनिक कम्पनीहरु संचालनमा अनुभवी आदित्यलाई बोर्डमा नियुक्त गरेर कम्पनीलाई निकै लाभ हुनेछ । आदित्यको कम्पनीमा एक वर्षको सफल कार्यकाल पश्चात बोर्ड सदस्यहरुको बलियो समुहमा बढुवा गरिएको हो । यो अन्तरालमा उनले भारत तथा दक्षिण एशियाका होटेल्स तथा घर व्यवसायलाई उचाईमा पुर्याएका छन्, साथै कार्यसंचालन र ग्राहकहरुको अनुभवलाई सुद्दढ पार्न विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरेर छोटो समयमै होटेल मालिकहरुको सुमदायलाई ५५००+ बाट १८०००+ पुर्र्याएर दुई गुणा भन्दा बढिले वृद्धि गराएको कम्पनीको दाबी छ ।

ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा समुह कार्यकारी निर्देशक रितेश अग्रवालले भने, “आदित्यको कडा व्यवसायीक कौशल, समस्या समाधान गर्ने क्षमता, शक्तिशाली संस्थागत सुशासन भएको संगठन निर्माण गर्ने चाहना र विविधता र समावेशीकरण सिद्धान्तहरुमा आधारित उच्च प्रदर्शन गर्ने कार्य संस्कृतिले गर्दा उनी विश्वव्यापी स्तरको ठुलो र रणनीतिक भूमिका लागि उत्तम छनोट हुन् ।”

ओयोले हाल नयाँ रियल स्टेट बिजनेसको सिइओ रोहित कपुरलाई समग्र भारत र दक्षिण एशियाको सिईओमा नियुक्त गरेको घोषणा गरेको छ । पछिल्लो वर्षमा रोहितले ओयो लाइफ–ब्राण्डको दीर्घकालिन रेन्टल हाउजिंग पोर्टफोलियोको साथ साथै भारतमा अन्य नयाँ रियल स्टेट बिजनेसको निरीक्षण गरिरहेका छन् । रोहितले अब भारत तथा दक्षिण एशियाका ५०० + शहरहरुमा १८००० + होटेल्स विस्तार गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।

Cheap Sex Cam Website

Leave a Reply