एमजीको इलेक्ट्रिक गाडी एमजी जेडएसको युरोपमा ३ हजार बढि अर्डर, नेपालमा १५० वटा बुकिङ्ग

Technology Khabar १८ मंसिर २०७६, बुधबार

एमजीको इलेक्ट्रिक गाडी एमजी जेडएसको युरोपमा ३ हजार बढि अर्डर, नेपालमा १५० वटा बुकिङ्ग

काठमाडौं ।

काठमाडौं । ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । साईक मोटर्सले एमजी जेडएस इभीका लागि युरोपबाट ३००० अर्डर प्राप्त गरेको छ । ५०० थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यात गरिने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै नेपालबाट पनि यो गाडीले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीको भनाई छ । पारामाउन्ट मोटर्स प्रा.लि. नेपालका लागि एमजी गाडीको अधिकृत आयातक र वितरकले गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य रु. ४९,९९,००० मा प्रि बुकिङ खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १५० थान भन्दा बढि बुकिङ प्राप्त गरिसकेको छ ।

एमजीले लण्डन, सिलिकन भ्याली, तेल अभिभमा रिसर्च एण्ड डेभलपमेन्ट सेट गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण स्थापना गरेर ९३ वटा ओभरसीज अटोपार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरेको छ ।

नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग छ साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायी इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषताहरु रहेको छ । यसबाहेक यो गाडीमा ३ वटा ड्राइिभिङ मोडहरु रहेको छ जसमा चालकहरुले आफुलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १८ मंसिर २०७६, बुधबार

ताजा समाचार