अपटेड समाचार

अमेरिकी साइबर मण्डेमा ९.२ अर्ब डलरको अनलाइन कारोबार, स्मार्टफोन किनबेचबाट ३ अर्ब डलर

काठमाडौं । अमेरिकामा मनाईने साइबर मण्डेको अवसरमा हुने बिक्रीले अहिलेसम्मको रेकर्ड पार गरेको छ । साइबर मण्डेमा अनलाइन सपिंगमा ९.२ अर्ब डलरको कारोबार भएको छ।

ब्ल्याक फ्राईडेपछि आउने साइबर मण्डेको अवसरमा अमेरिकी रिटेलर्सहरुले पहिलेदेखि नै विभिन्न किसिमका प्रबद्र्धन तथा निशुल्क ढुवानीको घोषणा गरिरहेका थिए । जसले गर्दा बिक्रीमा त्यसको सकारात्मक प्रभाव देखिएको छ ।

एडोब एनालाइटिक्सले गरेको अनुमान अनुसार डिसेम्बर १ सम्ममा करिब ७२.१ अर्ब डलर खर्च गरिएको छ भने अमेरिकाको सबैभन्दा ठूलो अनलाइन सपिंग डेको रुपमा मनाईने साइबर मण्डेमा मात्रै ९.२ अर्ब डलरको कारोबार भएको छ । यो तथ्यांक गत वर्षको सोहि अवधिको तुलनामा १६.९ प्रतिशतले अधिक हो ।

एडोबले सो तथ्यांक अमेरिकाका १०० भन्दा बढि ठूला रिटेलरहरुमध्ये ८० वटाको कारोबारबाट विश्लेषण गरेको हो । यो इभेन्टबाट सबैभन्दा धेरै अमेजन डटकम, टार्गेट कर्प र वालमार्ट इंकले फाईदा लिएका छन् ।

साइबर मण्डेमा भएको कारोबार मध्ये स्मार्टफोनको बिक्रीबाट नै ३ अर्ब डलर कमाएका छन जुन अमेरिकी रेकर्ड भएको एडोबले बताएको छ । एजेन्सी

Leave a Reply