एप्पलले सबैभन्दा सस्तो आइफोन ल्याउँदै, आइफोन ८ को डिजाइनमा आइफोन एसई २ लन्च हुने

Technology Khabar १८ मंसिर २०७६, बुधबार

एप्पलले सबैभन्दा सस्तो आइफोन ल्याउँदै, आइफोन ८ को डिजाइनमा आइफोन एसई २ लन्च हुने

काठमाडौं ।

काठमाडौं । एप्पलले बजेट आइफोनको रुपमा आइफोन एसई २ लन्च गर्ने रिपोर्टहरु निकै समयदेखि आईरहेका छन् । यसअघि कम्पनीले सार्वजनिक गरेको आइफोन एसईको अपग्रेडेड भर्सनको रुपमा आइफोन एसई २ आउने छ ।

तर एप्पलले यसलाई पुरै नयाँ डिजाइन र स्पेकसहित ल्याउने तयारी गरिरहेको छ । एप्पलले आइफोन एसई २ लाख आइफोन ८ को डिजाइनमा ल्याउन लागेको छ ।

संभवत सन् २०२० को पहिलो त्रैमासमा नै सार्वजनिक हुने आइफोन एसई २ मा एप्पलको ए १३ बायोनिक चीप प्रयोग हुने अनुमानहरु सार्वजनिक भएका छन् । यसको अतिरिक्त कम्पनीले सो आइफोन एसई ३ करोड यूनिट भन्दा बढि बिक्री गर्ने प्रक्षेपण गरिएको छ । सो

आइफोनको बजार मूल्य सस्तो हुने हुँदा सो मोडल धेरै बिक्ने अनुमान गरिएको हो ।

कम्पनीले आइफोन एसई २ को शुरुवाती मूल्य ३९९ अमेरिकी डलर अर्थात करिब ४६ हजार रुपैयाँ मूल्य पर्नेछ । कम्पनीले आन्तरिक सर्कुलेसन गर्दै आफ्नो सप्लाई चेनलाई नोटिस पठाएको छ जसमा डिसेम्बरदेखि नयाँ डिभाइस स्टक गर्ने बताईएको छ ।

एप्पलको आइफोन एसईमा ए १३ चीपका साथै ३ जीबी र्याम, ६४ जीबीको स्टोरेज हुनेछ भने यो फोन डिप ग्रे, ह्वाइट र रेड कलर अप्सनमा उपलब्ध हुनेछ । त्यसैगरि यसमा प्रेसर सेन्सिंग मोड्यूल(थ्रीडी टच) राखिनेछ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ मंसिर २०७६, बुधबार

ताजा समाचार