स्मार्टफोनको गलत प्रयोगले गर्दा मनोवैज्ञानिक विकार, २३ प्रतिशत बालबालिकाहरु प्रभावित

काठमाडौं । स्मार्टफोन प्रयोग पछिल्ला दिनहरुमा लत वा दूर्व्यसनको रुपमा देखा परिरहेको छ । जसलाई अब भने साइकियास्ट्रिक डिसअर्डर अर्थात मनोवैज्ञानिक विकारको रुपमा लिईन्छ । अहिलेको समयमा करिब औसत २३ प्रतिशत बालबालिकाहरु तथा युवाहरु सो रोगबाट ग्रसित रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

लण्डनमा रहेको किंग्स कलेजका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानअनुसार सो तथ्यांक बाहिर आएको हो । अनुसन्धानकर्ताहरुले ४० भन्दा बढि अध्ययनहरुको सुक्ष्म विश्लेषण गरेका थिए जसमा विभिन्न उमेर समूहका मानिसहरु थिए । सो अनुसार १० देखि ३० प्रतिशत बालबालिका, किशोरकिशोरी र २५ वर्षसम्मका युवाहरु थिए ।

ब्रिटिस मेडिकल काउन्सिलको साइकियाट्रिक जर्नलमा प्रकाशित रिपोर्टअनुसार सन् २०११ देखि स्मार्टफोनको व्यापक प्रयोग बढेको र त्यसमध्ये १० देखि ३० प्रतिशत बालबालिकाहरु तगा युवा मानिसहरु सो स्मार्टफोनको गलत प्रयोगको बाटोमा रहेको देखिएको छ । यसको अर्थ करिब २३ प्रतिशत बालबालिका तथा युवावर्गहरु प्रोब्लम्याटिक स्मार्टफोन यूजेज(पीएसयू)मा रहेको देखिन्छ ।

पीएसयूलाई स्मार्टफोनसँग सम्बन्धित व्यवहारलाई जनाउँछ जसमा दूव्र्यसनको रुपमा विशेष हुन्छ, जसअन्तरगत जतिबेला फोन उपलब्ध नहुँदा मानिसलाई दुखाई महशुस हुन्छ भने मानिस दुखित मुद्रामा रहन्छ । यसले गर्दा फोनमा कति समय बिताउने भन्ने नियन्त्रण गर्न कठिन हुने पत्ता लागेको छ भने अन्य रमाईला गतिबिधिहरुबाट टाढा बसेर फोन प्रयोग गरिरहन्छ ।

अनुसन्धानकर्ताहरुले कुल ४१ वटा अध्ययनहरु विश्लेषण गरेका थिए जसमा ४१ हजार ८ सय ७१ बालबालिका तथा युवाहरु रहेका थिए ।

अनुसन्धानकर्ताहरुले स्मार्टफोनको गलत प्रयोगको तरिका र मानिसका मानसिक स्वास्थ्यबिच समेत सम्बन्ध रहेको पत्ता लगाएका थिए ।

उनीहरुले स्मार्टफोन प्रयोगको त्यस्तो तरिका र मानसिक स्वास्थ्यबिच सम्पर्क भएको पत्ता लगाएका थिए । जसअनुसार पीएसयू र मानसिक स्वास्थ्य कमजोर मापनको बिच सकारात्मक सम्बन्ध रहेको पत्ता लगाए । कमजोर मानसिकताहरुमा डिप्रेस भएको अवस्था, तनाव, कम र कमजोर सुताई, शैक्षिक प्राप्ति र चिन्तालगायत रहेका छन् ।

सो रिपोर्टले तत्काल पीएसयूको एसेसमेन्ट टूल्स विकास गर्नुपर्ने आवश्यकता रहेको समेत सुझाव दिएको छ । एजेन्सी

Leave a Reply