एप्पलद्धारा आफ्ना डिभाइसमा प्रयोग हुने उत्कृष्ट एप्स तथा गेमहरुको घोषणा

काठमाडौं । एप्पलले आफ्ना आइफोन, आइप्याड, म्याक र एप्पल टिभीका लागि प्रमुख एप्स र गेमहरुको घोषणा गरेको छ । कम्पनीले मंगलबार आयोजित एक इभेन्टको अवसर पारेर आफ्ना विभिन्न डिभाइसहरुका लागि प्रमुख एप्स र गेम्सको घोषणा गरेको हो ।

एप्पलले सबैभन्दा महत्वपूर्ण अवार्ड आइफोन एप अफ दि ईयरको रुपमा स्पेक्ट्रे क्यामरालाई दिएको छ भने गेम अफ दि ईयरमा चिल्ड्रेन अफ दि लाइट परेको छ ।

स्पेक्ट्रे क्यामरा लक्स अप्टिक्सद्धारा बनाईएको हो जून लोकप्रिय हालिदे क्यामरा एप बनाउने निर्माता पनि हो । यो एपले एआई टेक्नोलोजीको प्रयोग गरेर व्यवसायीक फोटोहरु खिच्दछ । एप्पलकाअनुसार यसले क्वालिटी सफ्टवेयरलाई प्रबद्र्धित गरेको हुँदा यसलाई छनौट गरिएको बताएको छ ।

कम्पनीकाअनुसार आइप्याडको लागि उत्कृष्ट गेम अफ दि ईयरको रुपमा हाइपर लाइट ड्रिफ्टर, उत्कृष्ट एपको रुपमा मोलेस्काईनलाई छनौट गरेको छ भने म्याक गेम अफ दि ईयरमा ग्रीसलाई छनौट गरिएको छ ।

Leave a Reply