अपटेड समाचार

टी-मोबाइलद्धारा ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर एकैपटक ५जी नेटवर्क शुरु

काठमाडौं । अमेरिकी टेलिकम अपरेटर टी-मोबाइलले आफ्नो ५जी नेटवर्क आधिकारीकरुपमा देशभर शुरु गरेको छ । टी-मोबाइलले ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर ५जी सेवा शुरु गरेको हो ।

यसअघि केहि वर्षअगाडि नै मोबाइल क्यारियरले निकै ठूलो रकम तिरेर ५जीको स्पेक्ट्रम हासिल गरेको थियो । अमेरिकामा ओटिए टिभी स्टेशनहरुले यस्तो प्रकारको फ्रिक्वेन्सीहरु प्रयोग गर्ने गर्दछन् ।

टी-मोबाइलको ५जी नेटवर्कले अमेरिकाका ५,००० भन्दा बढि शहरहरुका २० करोड मानिसहरुलाई कभरेज दिन्छ भने ग्रामीणभेग सहित १० लाख स्क्वायर माइलसम्म समेट्छ।

टी-मोबाइलले आफ्नो ५जी नेटवर्क रोलआउट भएको बारेमा निकै रमाईलो भिडियो ट्विटरमा शेयर गरेकोछ । टी-मोबाइल पोस्टपेड, प्रिपेड र टी-मोबाइल बाई मेट्रोले नयाँ ५जी नेटवर्कमा पहुँच पाउनेछन् । टी-मोबाइलले डिसेम्बर ६ देखि आफ्नो ५जी नेटवर्कमा सपोर्ट गर्ने सामसंग ग्यालेक्सी नोट १० प्लस ५जी र वनप्लस ७टी प्रो ५जी म्याकलरेन स्मार्टफोनहरुको बिक्री शुरु गर्नेछ ।

कम्पनीले न्यून रेन्जको स्पेक्ट्रमले गर्दा लामो रेन्जमा समेत उत्कृष्ट ५जी नेटवर्क दिने दाबी गरेको छ भने अतिरिक्त शुल्क नलिने बताएको छ ।

Leave a Reply